मगर जातिय संग्राहालय भवन शिलान्यास

गाइघाट ,  असार  १४
नेपाल मगर संघ उदयपुरको आयोजनामा मगर जातिको जातिय संग्राहालय शिलान्यास गरीएको छ । संग्राहालयको शनिबार उदयपुरको त्रियुगा नगरपालिका ४  फार्सेटमा एक औपचारीक कार्यक्रमको आयोजना गरी  शिलान्यास गरीएको हो ।
नेपाल मगर संघ उदयपुर जिल्ला समन्वय परिषको आयोजनामा भएको  उत्त शीलान्यास कार्यक्रमको प्रमुख  अतिथि त्रियुगा  नगरपालिकाका मेयर बलदेब चौधरील संग्रहालय भवनको  शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रमलामा बोल्दै प्रमुख अतिथि चौधरीले त्रियुगा नगरपालिकाले सम्मुनत नगरपालिका बनाउनको लागी सम्पुर्ण जातजातीलाइ समेट्ने गरी  दुर दृष्टिका साथा योजना बनाइ अघि बढिरहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै सोही वडाका वडा अध्यक्ष सुवास निरौलाले आफ्ने वडामा आदिवासी जनजातीहरुको संग्राहालय  तथा बिभिन्न जाजातीको मठ मन्दिर बन्ने  क्रम जारी  रहेको बताउदै आफ्नो वडालाइ चिनाउने यो ठुलो अवसर रहेको भन्दै सबैमा धन्यबाद ब्यत्त गर्नुभयो ।
हाल सोही स्थानको आसपामा तामाङ जातिको गुम्बा , राइजातिको साकेला थान निर्माण भइरहेको छ भने थारु समुदायको जातिय संग्राहालय निर्माण हुने क्रममा रहेको बताइएको छ । नेपाल मगर संघ उदयपुरका अध्यक्ष भत्त बहादुर बर्जुा मगरको अध्यक्षतामा भएको उत्त कार्यक्रममा त्रियुगा नगरपालिका वडा न.७ का वडा अध्यक्ष भिम बहादुर मगर नेपाल आदिबासि जनजाती महासंघ उदयपुरका अध्यक्ष केशब बहादुर खपाङ्गी मगर लगाएतले शुभकामना राख्नुभएको थियो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]