भिरबाट लडेर एक जनाको मृत्यु ।

उदयपुर , जेठ ५
उदयपुरको कटारी नगरपालिका १० थुम्कीमा भिरबाट लडेर एक नजाको ज्यान गएको छ । ज्यान जानेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ घर भएका ७९ वर्षीय नरबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

कटारी नगरपलिका ९ मा रहेको छोरीको घरमा बिबाहाको निम्तो मान्न आएका खड्काको शनिबार दिऊँसो घर फर्कने क्रममा भिरबाट लडेर ज्यान गएको बताइएको छ ।