भाडा लिएर बसले बालबालिकालाई बसपार्कमा अलपत्र पार्यो

उदयपुर , भदौ २६
उदयपुरमा को.१ ख ४७२२ नम्बरको बसले दुई बालबालिकालाई बुधबार साँझ ४ बजे त्रियुगा बसपार्कमा अलपत्र पारेका छन् । मुलघर दैलेख मलुका १२ वर्षिय बालक कमल शाही ठकुरी र ३ वर्षिय रितु तामाङलाई त्रियुगा बसपार्कमा हिमाली यातायात व्यवसायी केन्द्रद्वारा संचालित बसले अलपत्र पारेको बताइएको छ ।

दुई बालबालिका खोटाङ बारापोखरी १ खोसार्नेबाट हजुरआमालाई भेटेर आउने क्रममा पर्वत तामाङलाई बनेपासम्म पुर्याउने जिम्मा दिाइएको बताइएको छ । तर पर्वत तामाङले दुई बालबालिकालाई रौतामाई गाउँपालिका ४ रसुवाघाटमा हिमाली यातायात व्यवसायी केन्द्रद्वारा संचालित बसमा चढाएर बस कण्डक्टर र बस ड्राइभरलाई बनेपासम्म छोडि दिने सर्तमा जिम्मा लगाएका थिय ।

बस चालक र बसका कण्डक्टरले ति बालबालिकालाई त्रियुगा बसपार्कमा ओरालेर अलपत्र छाडेको उनीहरुसँगै बसमा आएकी कमला पोखरेलले बताईन् । रसुवामा बस चालकलाई बनेपासम्म छोडनको लागि भाडा समेत दिइएको बालक कमल ठकुरीले बताए । उनका अनुसार हामीलाई बनेपासम्म छोडने जिम्मा बस ड्राइभरले लिएको थियो तर, हामीलाई बसपार्कमा अलपत्र पार्यो ।

यता बस संचालक मेम रुचालले बस चालक र कण्डक्टरले यस्तो गल्ती नगरेको बताए । दुवै बालबालिका अहिले जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । रितु तामाङकी आमा निरा तामाङलाई सम्पर्क गर्दा छोरीलाई माइतमै छोडेर बनेपा आएको स्वीकार गरेकी छिन् । कमल ठकुरीका बुवा रमेश ठकुरी बनेपामा मजदुरी गर्दै आएका छन् । निरा तामाङ रमेशको दोस्रो श्रीमति हुन् । उनीहरुको वास्तविक घर रहेको बताइएको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]