भवन निर्माणका लागि १७ लाख बराबरको निशुल्क जग्गा प्रदान

उदयपुर , बैशाख १८
प्रहरी चौकि स्थापनाको लागि उदयपुरको रौतामाई गाउँपालिकाले प्रहरिलाई निशुल्क जग्गा प्रदान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख गजेन्द्र खड्काले सो जग्गा प्रमुख जिल्ला अधिकारि बिष्णु कार्कि मार्फत प्रहरिलाई हस्तानतरण गरेको होे ।
प्रहरि चौकि नजिक नहुदा आम गाउँपालिका का नागरिक हरूलाई शान्ति शुरक्षा प्रदान गर्न समस्या भएको तथा हालको प्रहरि चौकि पनि अस्थाइ भएको भन्दै गाउँपालिकाले १७ लाख बराबरको जग्गा प्रदान गरेको हो ।
रौतामाई गाउँपालिका वडा न ४ रहेको सो जग्गा प्राप्त भए संगै तत्काल भवन निर्माणको लागि प्रहरि प्रधान कार्यालयमा पहल गर्ने उदयपुरका प्रहरि प्रमुख चन्द्रदेव राईले बताउनु भयो ।