बेलकामा वालकुमार राईको अध्यक्षतामा मानवअधिकार निगरानी समुह गठन

उदयपुर
    मानव अधिकारका मुल्य र मान्यतालाई स्थापित गराउने उदेश्यकासाथ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले उदयपुरको बेलका नगरपालिकामा मानवअधिकार निगरानी समुह गठन गरेको छ ।
    संबिधानले ग्यारेण्टी गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारलाई स्थापित गर्न जिम्वेवार निकालाई जवाफदेहि बनाउने लक्ष्यकासाथ इन्सेकले वालकुमार राईको अध्यक्षतामा १९ सदस्य निगरानी समुह गठन गरेको हो ।
    स्थानीय समुदायलाई सचेत पार्दै जिम्वेवार निकायलाई जवाफदेहि बनाउने (इएलपी) परियोजनाको शुक्रबार बेलकामा परिचयात्मक कार्यक्रमा निगरानी समुह गठन गरिएको हो । समुहको उपाध्यक्षमा जयराम पुर्वछाने मगर, सचिबमा सुमन खतिवडा, सहसचिबमा विदुर दाहाल र कोषाध्यक्षमा देविमाया घतानी रहेका छन् ।
    त्यसैगरी सदस्यहरुमा इन्द्रदेव मरिक, ज्योती चौधरी, सिता राई, दिपक विक, सावित्रीमाया मगर, सविना माझी, सुमन राई, चम्फा राई रहेको परियोजनाका जिल्ला सहजकर्ता क्वीन्सी राईले जानकारी दिईन् । उनले बाँकी रहेको ६ सदस्य बैठकबाट मनोनित गरिने उनले बताईन् ।
    परियोजना जिल्लाको बेलका र चौदण्डीगढी नगरपालिकामा यस वर्षदेखि तीन बर्षका लागि सञ्चालन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले सबै अधिकार सबैको पहुँचमा हुनु पर्नेमा जोड दिए । जनताको खान, बस्न, शिक्षा, स्वास्थ्य अधिकारलाई संबिधानले ग्यारेण्टी गरेको हुँदा कार्यान्वयन स्थानीय सरकारको दायित्व रहेको बताए ।
    मानवअधिकार संरक्षण, सम्र्बद्धनमा इन्सेकको भुमिका अहंम रहेको बताउँदै उनले बेलका नगरपालिकाका हरेक गतिबिधि, विकासका कामहरु मानवअधिकार मैत्री रहेको बताए । कार्यक्रममा बेलका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्कर भट्टराईले मानवअधिकार मैत्री शासन व्यवस्था लागु गर्न नगरपालिका तत्पर रहेको उल्लेख गर्दै सहकार्यमा जोड दिए ।
    कार्यक्रको उदेश्यमाथि परियोजनाका प्रदेश १ का कार्यक्रम अधिकृत वागमती कट्टेलले प्रकाश पारेकी थिईन् । कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले बोलेका थिए ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]