बेलकामा बृहद कृषि मेला सम्पन्न एउटै बोकाको मुल्य ३ लाख ५० हजार

बेलका , फागुन २७
सामान्यतया एउटा बोकाका मुल्य कति पर्ला सहजै अनुमान गर्न सकिन्छ, २० देखि बढिमा ५० हजार । तर, बोका त्यस्ता पनि हुँदा रहेछन् एउटैको ३ लाख ५० हजार रुपिँया सम्मको ।
त्यो कुनै सुबिधामुखी सहरमा विक्रीका लागि लगिएको थिएन जिल्लाको पुर्वि क्षेत्र बेलका नगरपालिकाले आयोजना गरेको तीन दिने जिल्ला स्तरीय कृषि मेला प्रर्दशनीमा सोही नपाको वडानंम्बर २ का पाण्डव कार्कीले प्रर्दशनीमा राखेको ‘वयरवनÕ जातको बोका थियो ।
मेलामा कार्कीले पालेको बोका प्रमुख आकर्षक रहेको थियो । मेलाको अवलोकनका लागि पुगेका सर्वसाधरणको बोकामा नजर नपरेका विरलै रह्यो । कार्की बाख्रा फर्म सञ्चालन गरेर बसेका कार्कीले उक्त बोका अष्ट्रेलियाबाट झिकाएका हुन् । जन्मिएको ३ महिनामा २ लाख ५० हजार मुल्य लगाएर अष्ट्रेलियाबाट झिकाएको उनले बताए ।
कार्कीले भने, ‘व्यवसायिकरुपमा बाख्रापालन गर्न अष्ट्रेलियाबाट ३ महिनाको बच्चा २ लाख ५० हजार मुल्य लगाएर झिकाएको हुँ, त्यसैले सस्तोमा विक्री गर्दिन ।Õ ‘घरमा पालेकै ११ महिना भईसकेको,Õ उनले भने, ‘धेरैले ३ लाख ५० हजारसम्म दिईसके, मैले मानेको छैन्, ४ लाख घटि विक्री गर्दिन ।Õ
कार्कीले व्यवसायिकरुपमा बाख्रापालन गर्नका लागि विहाडकोरुपमा बोका ल्याएको बताए । वयरवन बोका प्रति केजी १ हजार ५ सय रुपिँयाले विक्री हुने गरेको उनले बताए । खानका लागि स्वादिष्ट र स्वस्थ पनि रहने भएकाले यसको माग अधिक बढेको बताए ।
कृषकलाई कृषि पेसा तिर व्यवसायिकता र आत्मनिर्भर बनाउने उदेश्यले नगरपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा भागलपुर दुग्ध कृषि सहकारी संस्था बेलका २ को संयोजनमा २३ गतेदेखि ३ दिने मेला आयोजना गरेको हो ।
मेलामा भरत मेसिनरी ईटहरीद्धारा कृषिसँग सम्बन्धित औजारहरु पावर टेलर, मकै रोप्ने, धान काटने, धान रोप्ने, कुटी काट्ने मेसिन, मिनी टिलर, मकैको थ्रेसर, गाडी धुने मेसिन, कुटानीपिसानी मिललगाएतका सामग्रीहरु प्रदर्शनीमा राखिएको मेयर दुर्गाकुमार थापाले बताए । त्यसैगरी विभिन्न जातका तरकारी, विउविजन, वयरवन, जमुनापारी जातका बोका, होलिस्टियन गाई, दलहनतर्फ दाल, भटमास, मास, बोडी, चना, केराउ, मटर आदि राखिएका थिए । फलफुलतर्फ मेवा, नरिवल, केरा, निभुवा, कागती, अम्बक आदि राखिएका थिए भने तरकारीतर्फ च्याउ, आलु, टमाटर, साग, मुला, भान्टा, काउली, बन्दा, फुलकोवी, ओल, फर्सी, सिमी, बोडी आदि प्रदर्शनीमा राखिएको थापाले बताए ।
त्यस्तै माछा, हाँस, कुखुरा, परेवा आदि पनि राखिएका थिए । यसकासाथै प्रदर्शनीमा तरकारी ब्याड्, विउ संरक्षण, करेसाबारीको नमुना पनि प्रस्तुत गरिएको थियो भने विभिन्न कृषि सामग्रीहरुको पनि प्रदर्शनी गरिएका थिए । थापाले परम्परागत कृषि प्रणालीको अन्त्य र आधुनिक कृषि प्रणालीमा जोड दिने र कृषकलाई समृद्ध बनाउने नगरपालिकाको लक्ष्य रहेको हुँदा आकर्षित गर्न मेलाको आयोजना गरिएको बताए । प्रदर्शनीमा जिल्लाका उत्कृष्ट कृषकहरुलाई सम्मान र पुरस्कृतसमेत गरिएको छ ।
प्रदर्शनीको समापन प्रदेशनंम्बर १ का कृषि, भुमि तथा सहकारी मन्त्रालयका सचिब हस्तबहादुर बिष्टले गरेका थिए । बिष्टले स्थानीय कृषकले उत्पादन गरेका कृषि सामग्रीको वजारीकरण, पर्वद्धन र व्यवसायिककरणका लागि मेलाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
उनले निर्वाहमुखीभन्दा पनि व्यवसायिक हिसावले कृषि क्षेत्रलाई अगाडी बढाउन स्थानीय कृषहरुलाई सुझाब दिए । बिष्टले बजारमा स्थानीय उत्पादित वस्तुको माग धेरै भएपनि व्यवसायिक ढंगले उत्पादन गर्न नसक्दा परनिर्भरमा बस्नु परेको बताए ।
मेलामा कृषकलाई कृषि पेशामा आत्मनिर्भर, आकर्षित, उत्पादन, वजारिकरण, सम्भाव्यता अध्यनमा जोड दिएको मेयर थापाले बताए । उत्पादनमा हाम्रोसाथ बस्दिन मा खाली हात भन्ने नगरपालिकाले पारित गरेको मुलमन्त्रलाई आत्मसाथ गर्दै आयोजना गरिएको मेलामा प्रदेस सांसद बिमल कार्की, अम्बिका थापा लगायतको उपस्थिति रहेको थियो ।

 

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]