बृद्धबृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुलाइ न्यानो कपडा वितरण

उदयपुर ,  पुस २२
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १६ का वडाध्यक्ष मानबहादुर राईले ८० वर्ष माथिका ४५ जना बृद्धबृद्धाहरुलाई सोमबार जाडोमा न्यानो लुगा बितरण गर्नुभएको छ । पालिकाको विकट वडाका विपन्न अवस्थाका बृद्धबृद्धाहरुलाई जाडोमा न्यानो सहयोग स्वरुप स्विटर, ज्याकेट र बर्की वितरण गरिएको बताइएको हो ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत वडाले ८० वर्ष माथिका बृद्धबृद्धाका साथै राज्यबाट सेवा सुविधा नपाएका ३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा सहयोग गरेको हो । अपांगता भएकाहरुलाई न्यानो ओढ्ने ब्यांकेट र ओछ्याउने म्याट प्रदान गरिएको थियो ।
वडा अध्यक्षमा निर्वाचित भएपछी वडाध्यक्ष रार्ईले वार्षिकरुपमा न्यानो कपडा तिरन गर्ने कार्यलाइ निरन्तरता दिदैे आउनुभएको छ । आगामी वर्षहरुमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो ।
यस्तै बितरण कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य तथा १६ नं. वडा सदस्य गोमा कार्कीले जेष्ठ नागरिकका लागी जाडोमा न्यानो कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो । आगामी दिनमा अझ बढि बृद्धबद्धाहरु, अपांगता भएका व्यक्ति तथा वालवालिका, अशक्तलाई समेत समेटेर यस किसिमको कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज राजकुमार चौधरी, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, स्पोर्टस् क्लव जाल्पा चिलाउनेका अध्यक्ष भुवन दाहाल, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले मन्तब्य दिदै वडाको न्यानो कार्यक्रमको प्रशंसा गरे । बृद्धबृद्धा र अपांगता भएका ब्यक्तिहरुलाई प्रत्यक्ष फाईदा पुग्ने काम भएको भन्दै आगामी वर्ष पनि निरन्तरता दिन सुझाव दिएका थिय  ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]