बिपन्न परिवार तथा दलित महिलालाइ बाख्रा बितरण ।

इश्वर बलम्पाकी

उदयपुर , माघ ८

त्रियुगा नगरपालिका वडा न. १६ जाल्पाचिलाउनेले बिपन्न ६ घर परिवार तथा दलित समुदायका ५ महिलालाइ उन्नत जातको बाख्र बितरण गरेको छ ।

वडा कार्यलय जाल्पा चिलाउनेको २ लाख खराबरको आर्थीक सहयोगमा ज्योती महिला बहुउदेश्य सहकारी संस्था सुकौराले सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरी बाख्रा बितरण गरेको संस्थाका अध्यक्ष गोमा कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार विपन्न ६ घरका महिला र दलित ५ घर लाइ दुइ वटाको दरले २२ वटा बाख्रा वितरण गरिएको हो । कार्यक्रम सोही वडाका वडा अध्यक्ष मान बहादुर राइको प्रमुख आथित्यमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष राइले गरिवी न्यूनीकरण तथा व्यावसायिक पशुपालन तथा कृषि व्यावसायमा प्रोत्साहन गर्न बाख्र बितरण गरीएको बताउनुभयो ।

पहिलो वर्ष वडाले सडक वर्षको रुपमा मनाएको र गाउँको कुना काप्चामा समेत सडकको ट्रयाक पु¥याएको भन्दै यस वर्ष विद्युत वर्ष मनाईरहदा वडाको तिनधारे बाहेक सवै गाउँ बस्तीमा विजुली चाडै बाल्ने तयारी रहेको अध्यक्ष राइको भनाइ छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]