बरिष्ठ पत्रकार चेम्जोङ पुरस्कृत

उदयपुर , साउन २८
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को स्थापना दिवसको अवसरमा बरिष्ठ पत्रकार कौशल चेम्जोङ पुरस्कृत हुनुभएको छ । २०४५ सालबाट दृष्टि साप्ताहिकमार्फत पत्रकारीता सुरुवात गर्नु भएका कौशल चेम्जोङ वरिष्ठ पत्रकार हुनुहुन्छ ।

तीन दशकको निरन्तर पत्रकारीता यात्रामा उहाँले ‘टंकेला साप्ताहिक’को सम्पादक÷प्रकाशक हुँदै ब्लाष्ट दैनिक धरानको कार्यकारी सम्पादक, स्पेसटाइम दैनिक, च्यानल नेपाल र रेडियो नेपालको स्थानीय सम्वाददाताको रुपमा जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।

प्रारम्भदेखि हालसम्म जनआस्था साप्ताहिकको वरिष्ठ संवाददाताको रुपमा कार्यरत चेम्जोङ रेडियो त्रियुगामा स्थापनाकालदेखि नै स्टेशन म्यानेजरको रुपमा कार्यरत हुनुहुन्छ । चेम्जोङ नेपाल पत्रकार महासंघको पूर्व उप–सभापति समेत रहनु भएको छ ।

फोनिजको २० औं स्थापना दिवसको अवसरमा आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६ बाट जेम्जोङ सहित चारजना पत्रकारलाइ पुरस्कृत भएका थिय । पुरस्कृत हुनेहरुमा कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई (छापा) र शोभा श्रेष्ठ (टेलिभिजन) रहनुभएको छ  । उहाँहरुलाइ  सोमबार काठमाडौंमा फोनीजको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले  पुरस्कार प्रदान गर्नुभएको थियो ।