बच्चाको पोषण स्थीती थाहा पाउन आमाहरु गाउँघर कृल्निकमा

इश्वर बलम्पाकी
उदयपुर , असार २४
उदयपुरको ताप्लि गाउँपालिका १ ओख्लेकी अन्जना ज्यु ठकुरी आफ्नो २ बर्षीय बालक लिएर गाउँघर कृनीक भवनमा आउनुभएको छ । गाउँघर क्लीनीकमा उहाँ प्रत्येक महिनाको ५ गते आफ्नो छोरा लिएर आउने गर्नुहुन्छ । उहाँ मात्र हैन गाउँघर कृल्निकमा उहाँ जस्तै ६ महिना देखी २ बर्ष सम्मका आमाहरु आफ्नो नानीहरु लिएर प्रत्येक महिना यसरीनै आउने गर्दछन ।

आफ्नो बच्चाको उमेर अनुसार तौल छ छैन , पोषीलो खाना पुथ्यो पुगेन , पोष्ीात छकी कुपोसित छ जस्ता कुरा थाहा पाउन यहाँका हरेक आमाहरु  गाउँघर कृनिकमा आउने गर्दछन । यती सम्मकी यस क्षेत्रका अधिकांस  आमाहरुलाइ आफ्नो छोरा छोरीलाइ खानामा के के खुवाउने कसरी खुवाउने भन्ने कुरा कन्ठै भइ सकेको छ ।

गाउँघर कृल्नीकमा आएका मनिषा राजधामी आफ्नो २ बर्षीय छोरीको तौल लिएपछी खुसि देखीनुहुन्छ यही असोजमा २ बर्ष पुग्न लागेको छोरीको तौल ८ केजी ४ सय ग्राम रहेको र छोरी खतरा अबस्थामा नरहेको उहाँलाइ स्वास्थ्यकर्मीले सल्लाहा दिनुभएको छ ।

मनिषा भन्नुहुन्छ छोरीलाइ दालभात तरकारीको संग संगैे दैनीक हरीयो सागपात , फलफुल र सके सम्म दैनीक नभएपनी दिन बिराएर अण्डा तथा माछा मासु खुवाउने गर्छु । गर्भवती हुंदा  देखी “सुनेको हरेक बार खाना चार” भन्ने शब्द याद छ तर गाउँघरमा सधै  भिलाएर खानत सकिदैन तैपनी मिलाएर खाने कोसीस गर्छौ ।
 
गाउँघर क्लीमा आउने सबै आमाहरुलाइ बच्चाको शारीरीक तथा मानसीक बिकासको लागी माछा मासु खुवाउनु पर्छ दैनीक खानामा सागपात तथा गेडागुडी सके सक्म मिलाएर खानुपर्छ भन्ने चेतना  छ । यस्तै कृल्नीकमा आउने हरेक आमाहरुलाइ बालबच्चालाइ जङ्कफुड खान दिनुहुन्न   भन्ने कुरमा समेत सचेत रहेको बताउनुहुन्छ ताप्लि १ ओख्लेकी महिला स्वास्थ्य संयसेबीका मन्दिरासेन ठकुरी  ।

संयमसेबीका ठकुरीका अनुसार गाउँघर कृल्निकमा आएका आमाहरुसंग  बच्चा तथा गर्भवती अबस्थाका आमाहरुलाइ के के   खुवाउने , पोषीलो खानाहरु के के हो , बच्चालाइ कुपोषित हुनबाट बचाउन कसरी बचाउने , करेसाबारीको सदुपयोग कसरी गर्ने जस्ता कुराहरुमा  छलफल हुने गरेको बताउनुहुन्छ ।

 २०१७ सालमा वाल्डभिजन इन्टरनेस्नलको सहयोगमा मानअधिकार तथा बाताबरण बिकास केन्द्र (हुरेण्डेक) उदयपुरले बताइदिएको गाउँघर क्लीलनिक्मा प्रत्येक महिना २५ देखी ३० जना ६ महिना देखी २ बर्ष सम्मका बालबालिकाहरुको पोषणको जाँच लिने गरीन्छ  ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]