फोनिजको स्थापना दिवसको अवसरमा उदयपुरमा दुइ पत्रकार सम्मानित

उदयपुर , साउन २८
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २० औ स्थापना दिवशको अवसर पारेर उदयपुरमा दुइ पत्रकारलाइ सम्मान गरीएको छ । स्थापना दिवसको अवसर पारेर सोमबार शाखा उदयपुरले आयोजना गरेको एक कार्यक्रममा (फोनिज) शाखा उदयपुरको संस्थापक अध्यक्ष भोटराज राई र पूर्व अध्यक्ष अप्सरा समाल मगरलाई सम्मान गरेको हो ।

फोनिज शाखा उदयपुरमा स्थपना संगै हाल सम्म संगठनलाई नेतृत्वदायी भुमिका कुशलतापूर्वक सम्पन्न गरेको योग्दानको कदर गर्दै राई र समाललाई सम्मान गरिएको हो । सम्मानित हुनुहुने राइ एभिन्युज र गोरखापत्र दैनिकका उदयपुर सम्बाददाता हुनुहुन्छ भने पुर्णपुष्टि साप्ताहिक र पुर्णपुष्टि डट कमका सम्पादक र नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष हुनुहुन्छ मगर सामुदायिक रेडियो उदयपुरको स्टेसन मेनेजर र नेपाल मगर पत्रकार संघका केन्द्रिय सदस्य हुनुहुन्छ ।

सम्मानित हुने दुबैजनालाइ कार्यक्रममा प्रमुख अतिथि फोनिज केन्द्रिय सदस्य विश्वराज तामाङ, फोनिज उदयपुरका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चाम्लिङ, पत्रकार महासंघ प्रदेश  १ का सचिव हरिकुमार राई नेपाल आदिबासी जनजाती महासंघ उदयपुरका अध्यक्ष गौरीशंकर उदास लगाएतले सयुत्त रुपमा कदरपत्र र खादा लगाएर सम्मान गर्नु भएको थियो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]