फेसबुकबाट चिनजान अबैद सम्बन्ध प्रेमिका सहित निर्दोस बालिकाको हत्या

उदयपुर , कात्र्तिक १
उदयपुर प्रहरीद्धारा आमाछोरी हत्यामा संलग्न एक युवालाई बिहिबार सार्वजनिक गरेको छ पक्राउ पर्नेमा साबिक सिरहा जिल्ला लहान नगरपालिका वडा नम्बर ८ घर भई उदयपुर स्थित त्रियुगा नगरपालिका वडा नम्बर ३ मोतिगडा बसी मिठाइ पसल गरी वस्ने वर्ष ४० को रामहरि साह रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

साहले त्रियुगा नगरपालिका– ९ चौकीबारी बस्ने बर्ष ३० को गोमा भन्ने शारादा कुमारी चौधरी र उनको छोरी बर्ष ९ को रचना चौधरीको धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरेको प्रहरीको भनाइ छ । अभियुक्त साहले गत असोज २४ गते साँझ ७ बजे मृतकको घर गई हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) बीरबहादुर बुढामगरले बताउनुभयो ।


गोमाको श्रीमान् बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा थिए भने १२ वर्षिय जेठी छोरी भावना चौधरी मामाघर गएकी थिइन् । मृतक गोभा र साह बीच फेसबुक मार्फत ०७३ सालदेखि चिनजान भएको प्रहरी अनुसन्धानका क्रममा साहले बयान दिएका छन ।

एसपी बुढामगरका अनुसार मृतक चौधरी र साह बिच लामो सयम देखि अबैध सम्बन्ध रहदै आएको खुलेको छ । साहले चौधरीलाई बिवाह गर्ने प्रस्ताब गर्दा उनी नमानेपछी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

 

प्रहरीले सार्वजनिक गरेको आरोपीतको  भिडियो हेर्न तल क्लिक गर्नुहोला

https://www.facebook.com/PurbeliDarpan/videos/1933935730082632/?t=14

https://www.facebook.com/PurbeliDarpan/videos/1933935730082632/

 

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]