प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले बालबालिका बिद्यालय तान्यो

इश्वर बलम्पाकी
उदयपुर , असार २४
ताप्लि गाउँपालिका भित्रका  बिद्यालयमा संचालित प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले बालबालिका बिद्यालय तानेको छ । वल्डभिजन इन्टरनेस्नलको सहयोगमा जाल्पा एकिकृत बिकास समाज  उदयपुरको शिक्षा परियोजना अन्र्तगत कक्षा १ देखी  कक्षा ३ सम्म सन्चालित यस शिक्षा परियोजना सुरु भएदेखी अन्य बर्षको तुलनामा बिद्यालय भर्नादरमा बृद्धि भएको पाइएको हो ।

मा.बि झिल्के पोखरीका प्रधानध्यापक गोबिन्द खड्काका अनुसार अन्य  बर्षको  तुलनामा प्रारम्भिक कक्षा संचालन भए पछी बिद्यालयमा बालबालिकाको आकर्षण बढेको छ  । प्रारम्भिक कक्षा लागु भए पश्चात यो बर्ष सबै भन्दा धेरै १ सय ३ जना बिद्यार्थी बिद्यालय भर्ना भएको प्रअ खड्काले बताउनुभयो ।

सोही बिद्यालयका प्राथमिक शिक्षक केबलसिंह ठकुरीका अनुसार यो  शिक्षा लागु भएपस्चात बिद्यालयमा स्वत आकर्षन भढेको छ । यो पढाइ लागु भएपस्चात बिद्यार्थीलाइ पढाउन सजिलो हुनुको साथै बिद्यार्थी आफैले पनी कक्षामा बसेर स्व अध्यन बाट धेरै बुझ्न सक्ने ठकुरीको भनाइ छ ।

यस्तै माबि कटहरेका शिक्षिका हिमला रास्कोटीका अनुसार बिद्यालयको अरु अनिबार्य किताब भन्दा प्रारम्भिक कक्षा को लागी तयार गरीएको पुस्तक अन्यन्तै उपयोगी , बिद्यार्थीले सजिलै बुझ्न सक्ने खालको रहेको बताउनुभयो उहाँका अनुसार बढाइ संग संगै पढाइलाइ प्रभाब पार्ने अन्य ब्यबस्थापनले पनी कक्षा १ देखी ३ सम्मका बालबालिकालाइ अध्यापन गराउन सजिलो रहेको बताउनुभयो ।

जाल्पा एकिकृत बिकास समाज उदयपुर द्धरा सन्चालित  यस कार्यक्रम अन्र्तगत प्रारम्भिक कक्षा पढाइ कार्यक्रममा बिद्यार्थीलाइ कक्षामा अकर्षण गर्ने कक्षा ब्यबस्थापन देखी  लिएर बिद्यार्थी र अभिभाबक सम्मलाइ आकर्षण गरेको छ । कक्षा ब्यबस्थापनमा कार्पेट, चकटी, राउण्ड  टेबल , सेतोपाटी लगाएत अध्यापनको लागी  कक्षा  कोठामा आबस्यक सम्पुर्ण सामाग्रीको ब्यबस्थापन गरेको छ ।

यस्तै बिद्यार्थीलाइ कापी कलम , झोला , खाजाको लागी टिफिनकारीको ब्यबस्थाले अभिभाबकलाइ समेत आकर्षण गरेको छ । एक अभिभाबक कृष्णासिंह ठकुरीले बताउनुभयो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]