प्रथम रौतामाई अध्यक्ष कपको उपाधि भोजपुरलाई

दिनेश दाहाल
भुटटर , जेठ १४
‘प्रथम रौतामाई गाउँपालिका अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता’को उपाधि भोजपुरस्थित आमचौर गाउँपालिकाले हात पारेको छ ।
रौतामाई गापा वडानं २ स्थ्ति रसुवा माध्यमिक बिद्यालयको खेलमैदानमा शनिबार भएको फाईनल खेलमा भोजपुरले वेष्टअफ फाईभको तालिकामा सृजनशिल समाज बिकास केन्द्र भुट्टारलाई पछि पारेको हो । निकै प्रतिसपर्धात्मक खेलको पहिलो सेटमा भोजपुरले २५–२० ले जित हात पारेको थियो ।
लगत्तै दोस्रो र तेस्रो सेटमा सृजनशिलले २५–१७, २५–२२ ले टिमलाई अग्रता दिलाए पनि चौथों सेटमा सोचेअनुरुप प्रर्दशन गर्न नसक्दा भोजपुरले २५–१८ को सेटमा पछि पारेको थियो । चौथोँ सेटलाई निरन्तरता दिन नसक्दा सृजनशिलले उपविजेतामा चित्त बुझाउनु पर्यो ।
पहिलो र चौथों भोजपुर र दोस्रो र तेस्रो सेटमा सृजनशिलले जितेपछि खेल निर्णायकका लागि पाचौँ सेटमा पुगेको थियो । पाचौँ सेटमा खेलाडीको अबश्थालाई हेरी मुख्य रेफ्रीले १५ अंकमा खेल खेलाएका थिए । जसमा भोजपुरले १५–११ को अंकले आफ्नो जितलाई सुनिश्चित बनाएको थियो ।
१० वटा टिम सहभागिता रहेको प्रतियोगितामा लिम्चुङबुङ गाउँपालिकाले तेस्रो स्थान सुरक्षित गरेको थियो । प्रतियोगिता जेठ ८ गतेबाट सुरु भएको थियो । विजेता र उपविजेता समुहलाई प्रतियोगिताका प्रमुख अतिथि प्रदेस सांसद नारायण बुर्जामगर र रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले नगद, शिल्ड र मेडलले सम्मान गरे ।
जितसँगै विजेता समुह भोजपुरले नगद ८० हजार, शिल्ड, मेडल, उपविजेता सृजनशिलले नगद ५० हजार शिल्ड, मेडल र तेश्रो स्थान हासिल गर्ने लिम्चुङबुङले नगद ३० हजार र मेडल प्राप्त गर्यो । प्रतियोगितामा सर्वर, डिफेन्स, लिफ्टर, व्लकर, स्पाइकर बिद्यामा सर्वोत्कृष्ट हुने खेलाडीलाई जनही २÷२ हजारका दरले नगद, मेडल, ट्रफी प्रदान गरिएको थियो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]