प्रकाण्डलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत उदयपुरको आदेश

इश्वर बलम्पाकी
उदयपुर, भदौं ३१
जिल्ला अदालत उदयपुरले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । आइतबार अबेर जिल्ला अदालत उदयपुरमा पुर्याएका प्रकाण्डलाई प्रमुख जिल्ला न्यायधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले वम काण्डको अभियोगमा अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिइएको हो ।

गत चैत्र २८ गते त्रियुगा नगरपालिका १३ स्थित थरुहट रंगशाला नजिकै हवाई फिल्डको चौरमा भैँसीको पाडा चराउँदै गरेका स्थानीय १४ वर्षिय बालक पारस राईले झोलामा कालो वस्तु देखेको र त्यो हेर्न खोज्दा विष्फोट भई घाइते बनाएको आरोपमा प्रवक्ता प्रकाण्डलाई काठमाडौंको सर्वोच्च अदालतको परिसरबाट शुक्रबार पक्राउ गरी आज जिल्ला अदालत उदयपुरमा उपस्थित गईराएको हो ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]