पुर्व सांसदको नेतृत्वमा जोन संञ्चालक समिति

उदयपुर , माघ २१
परियोजना सञ्चालनका लागि निर्देशिका वमोजिम आईतबार नै सञ्चालक समिति गठन गरिएको छ । समितिको नेतृत्व पुर्व सांसद नेपाल कम्युनिष्ट पार्टीका प्रदेशनं १ का सदस्य मणि खम्बु (रिवासी) ले गर्ने भएकी छिन् ।
खम्बुको नेतृत्वमा ९ सदस्य समिति गठन गरिएको हो । समितिको उपसंयोजकमा केशवकुमार कार्की, सचिबमा सिद्धान्त राई, उपसचिबमा भरत कार्की रहेकाछन् । उपसंयोजक कार्की डुम्रे गाबिसका पुर्वगाबिस उपाध्यक्ष र सचिब राई संघिय समाजबादी पार्टीका जिल्ला अध्यक्ष हुन् ।
त्यसैगरी सदस्यहरुमा शुक्रबहादुर राई, गिता थापा, चित्रबहादुर कार्की, रिता राई र वविना राई रहेका छन् भने जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारको संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिति गठन गरिएको छ । सदस्यहरुमा जिल्ला समन्वय उपप्रमुख गंगा राई, कृषि ज्ञान केन्द्र प्रमुख सरोजकान्त अधिकारी, सुन्तला जोन प्रमुख दिपक अधिकारी र निमित्त जिल्ला समन्वय अधिकारी राजकुमार खड्का रहेकाछन् ।