पाँचथरमा धारीलो हतियार प्रहार गरि ९ जनाको हत्या

पाँचथर , जेठ ७

पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा नौ जनाको बीभत्स हत्या भएको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर साम्बाहाम्फेको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरि हत्या भएको प्रहरीले जनाएको छ ।

गएराति मुकुन्डो लगाएर आएको समुहले दुई परिवारका नौ जनाको विभत्स हत्या गरेको भागेर बाँच्न सफल बम बहादुरको परिवारका एक बालिकाले बताएकी छिन उनी घाइते छिन् ।

बम र धन ज्वाइँ ससुरा हुन् । बमको घरका ४ जना र धनको घरका ५ जनाको बीभत्स हत्या भएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए । माखिम घटना स्थल पुगिसकेको छन् । दुई परिवारको शव धारिलो हतियार प्रहार गरि बीभत्स अवस्थामा छ ।

बम बहादुरको शव घर बाहिर भेटिएको थियो भने उनको परिवारका ३ जनाको शव घर भित्र भेटिएको छ । ज्वाईको घरमा ५ जनाको शव घर भित्र बिभत्स अवस्थामा छ । ज्वाइँ ससुराको घर करिब २ किलोमिटरको अन्तरमा छ ।

दुई परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि जिल्लाबाट प्रहरी घटनास्थल तर्फ गइ सकेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिएका छन् ।

 

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]