पर्यटन दिवसको अवसर पारेर रौतामा सरसफाइ

सुचन राना मगर
रौता , असोज ११
बिश्व पर्यटन दिवस २०१९ को  अवसर पारेर शुक्रबार रौता पोखरी वरीपरी सरसफाइ कार्यक्रमको आयोजना गरीएको छ । पर्यटन दिवसको अवसर पारेर उदयपुरको प्रमुख पर्यटकीय स्थानमा पर्ने रौता पोखरी आसपासका क्षेत्र संग संगै रौता पोखरीमा सरसफाइ कार्यक्रमको आयोजना गरीएको बताइएको छ ।


नविल बैंकको सहयोग तथा नेपाल युवा परिषदको  आयोजनामा भएको सरसफाइ कार्यक्रममा स्थानीय बाल क्लब , युवा क्लव , आमा समुह , युवा समुह , होमस्टे संचालकहरुको सक्रिय सहभागीता रहेको आयोजकले जनाएको छ  ।


रौतामाइ गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काको प्रमुख अतिथ्यतामा भएको सरसफाइ कार्यक्रममा १ सय ५० जनाको सहभागीता रहेको बताइएको छ । आन्तरीक तथा बाह्य पर्यटकको राम्रो संम्भावना बोकेको रौता पोखरीमा दैनीक सयौं भत्तजन आन्तरीक तथा बाह्य पर्यटकहरु आउने गर्दछन ।

जिल्लाको रौतामाई गाउँपालिकामा अवस्थित यो पोखरी उदयपुरकै प्रमुख धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पर्यटकीय क्षेत्र मध्य एक हो । रौता पोखरीबाट हिमाल, पहाड र तराईका सुन्दर दृश्यहरुलाई अवलोकन गरी आनन्द प्राप्त गर्न सकिन्छ ।


धार्मिक एवं पर्यटकीय रौता पोखरी क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गरिएपनि सो अनुसारका कार्यक्रमहरु सञ्चालन भने हुन सकेका छैन । सदरमुकाम गाईघाटवाट ४६ किलोमिटर उत्तरमा पर्ने प्राकृतिक छटाले भरिपूर्ण यस क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माणमा सरोकारवाला निकायको ध्यान जान जान सके पुर्वको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]