पर्यटन बर्षलाई लक्षित गरी कर्मचारी मिलन केन्द्र उदयपुरले गर्यो स्मारिका प्रकाशन

उदयपुर , असोज १४
    नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी कर्मचारी मिलन केन्द्र उदयपुरले जिल्लाका ८ वटै स्थानीय तहका पर्यटकिय क्षेत्रलाई समेटेर स्मारिका प्रकाशन गरेको छ ।
    स्थानीय पर्यटकिय क्षेत्रको पहिचान र प्रर्वद्धन गर्ने उदेश्यले मिलन केन्द्रले आफ्नो स्मारिकामा जिल्लाका प्रमुख पर्यटकिय क्षेत्रहरुलाई समेटेको हो । स्मारिकाको पहिलो भागमा सरकारले पर्यटकिय क्षेत्रकोरुपमा अघि बढाउने गरी घोषणा गरेको प्रमुख १ सय गन्तव्य मध्येको एक उदयपुरगढीलाई समेटिएको छ ।


    त्यसैगरी ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्रको महत्व बोकेको रौतापोखरी, ताप्लिपोखरी, चौदण्डीगढी, मैनामैनी, भुगोलपार्क, श्रमिकपार्कलाई पनि पहिलो भागमै समेटिएको मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानले जानकारी दिए ।


    असोज १५ गते विमोचनको तयारी गरिएको स्मारिकामा विभिन्न क्षेत्रमा अनुभव प्राप्त विज्ञहरुको लेखरचना समावेश गरिएको उनले बताए । स्मारिकामा नेपालको प्रशासनिक क्षेत्र, न्याय, कृषि, पशु, उदयपुर जिल्ला र प्राकृतिक विपत्ति, पैतृक सम्पती हस्तान्तरण करको वहस, आयुर्वेद, जलवायु परिवर्तनका सवाललाई मुख्यरुपमा उठान गरिएको प्रधानसम्पादक सुमन बुढाथोकीले बताए ।


    त्यसैगरी लागुपदार्थ दुव्र्यसन, उदयपुरको परिचय, सामाजिक सञ्जालले निम्त्याएका असर, वैदेशिक रोजगार, युवापुस्ताका चुनौती, सार्वजानिक चासको बिषयहरु, स्थानीय तहका अवसर र चुनौती, कृषि क्षेत्रमा देखिएका समस्या, उदयपुर जिल्लाको विकास लगायतका कथा, कविता, मुक्तक गरी ५४ वटा बिषय बस्तु समेटिएको उनको भनाई छ ।


    १ सय ६७ पृष्ठ लामो स्मारिकामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतका व्यक्तिहरुको शुभकामना सन्देश समेटिएका छन् । अधिकृत स्तरका कर्मचारीको विदाई र स्वागतमा मात्र कृयाशिल रहेको मिलन केन्द्र न्यौपाने नेतृत्वमा आएसँगै १ महिनाको अवधिमा विभिन्न सन्देश तथा जनचेतनामुलक ४ वटा कार्यक्रम गरेको छ ।


    लागुऔषध दुव्र्यसनमा फसेका युवालाई कसरी मुलधारमा ल्याउने, प्रयोग गर्नबाट कसरी वचाउने बिषयमा आधारित रहेर जिल्ला स्तरीय वक्तृत्वकला, देशको संबिधान, कानुन, संघीय व्यवस्था, संरचनालाई आधारमानी जनप्रतिनिधि, कर्मचारी सम्मिलित हाजिरी जवाफ प्रतियोगिता, गरिव, असाहयलाई सहयोगार्थ विभिन्न निकायको सहकार्यमा सदरमुकाम गाईघाट वजारमा कपडा बैंक (क्लोथ बैंक) र पर्यटन बर्षलाई लक्षित गरी स्मारिका प्रकाशन गरेको अध्यक्ष न्यौपानेले बताए ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]