पर्यटक तान्दै चौदण्डीगढी भ्यू–टावर

इश्वर बलम्पाकी
उदयपुर , कात्तिक ३
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा न.१ चौदण्डीगढीमा रहेको भ्यू–टावर आन्तरिक तथा बाह्य पर्यटकका लागी आकर्षण बन्न थालेको छ । शहरी विकास मन्त्रालय, चौदण्डीगढी नगरपालिका, संसद् क्षेत्र विकास कोष, नागरिक उड्यन तथा पर्यटन मन्त्रालयसहितको ५० लाख रुपैयाँको लागतमा  भ्यूटावर हालै सम्पन्न भएपछी आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय सार्कीमान तामाङले बताउनुभयो  ।



पर्यटकको आकर्षण बन्दै गरेको चौदण्डी भ्यू टावर नगरपालिकाको पहाडी क्षेत्रमा अवस्थित चौदण्डीगढी दरबारबाट एक किलोमिटर पश्चिममा पर्ने बतासेडाँडामा रहेको छ । हाल याहाको मनोरम दृस्यअवलोकन गर्न दैनीक सयौको संख्यामा आन्तिरिक पर्यटकहरु आउने गरेको स्थानीय तामाङको भनाइ छ ।



भ्यू– टावरबाट एकैपटकमा ४० जनाले अवलोकन गर्न सकिनै बताइएको छ । तिन रोपनी क्षेत्रफल जमिनमा फैलिएको भ्युटावरबाट तराइका जिल्लाहरु  सिराहा , सप्तरी , सुनसरी मोरङ तथा छिमेकी जिल्लाहरु धनकुटा , भोजपुर , खोटाङ जिल्लाको आमनो सामने अवलोकन गर्न सकिन्छ ।



यस्तै यहाबाट भारतको विहार उत्तर प्रदेश र पश्चिम बंगालका विभिन्न स्थान तथा थुप्रै हिमशृङ्खलाको दृष्यावलोकन गर्न सकिने चौदण्डीगढी नगरपालिका मेयर खगेन्द्र राइले बताउनुभयो । सेन राजाहरुको दरबारको भग्नावशेष रहेको ऐतिहासिक चौदण्डीगढी दरबार यस नगरपालिकाको प्रमुख पर्यटकीए स्थान हो ।



चौदण्डीगढीलाइ १८२६ देखि उदयसेन, लोहाङ सेन र हेमदत्त सेनजस्ता सेनवंशी राजाले राज्य गरेको ऐतिहासिक थलोका रुपमा चिनिन्छ । यस क्षेत्रमा आउने पर्यटकका लागि गेष्टहाउस तथा होटलको  राम्रो सेवा हुन सके चौदण्डी पर्यटन विकासमा अझ टेवा पुग्ने स्थानीय बासीको भनाइ छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]