नेपाल आदिवासी जनजाति समन्वय परिषद उदयपुरको अध्यक्षमा उदास

गाइघाट , साउन २५
आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति समन्वय परिषद उदयपुरको छैटौ जिल्ला अबिधेसनले गौरी शंकर उदासको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । शुक्रबार गाइघाटमा भएको अबिधेसनले उदासको  नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको नेपाल आदिबासी जनजाती महासंघ त्रियुगा नगरकमिटिका अध्यक्ष भैरव श्र्रेष्ठले जानकारी दिनुभयो ।

चयन हुने नयाँ कार्यसमितिहरुमा उपाध्यक्षमा टिकाराम थामी, बलधन राई र उषा माझी, सचिबमा शारादा कुमारी दनुवार, सह–सचिबमा तेन्जी शेर्पा, लिला बहालुर सुनुवार र मनमाया भुजेल र कोषाध्यक्षमा बिक्रमी चौधरी रहेका छन् । त्यसैगरी सदस्यहरुमा बलराम उराउ, सरिता हायु, बाबुराम पहरी, रबिन गुरुङ, फणिन्द्र तामाङ, मनोज लिम्बु, जयराम पुर्वाछाने मगर र कलम बोटे रहेको निर्वाचन मण्डलका सदस्य पवननुरी शेर्पाले बताए । सदस्य शेर्पाका अुनसार उनिहरुलाई निर्वाचन मण्डलका संयोजक हरिबहादुर श्रेष्ठले सपथ गराएका थिए ।