त्रियुगा नगरपालिमा जिपीएस प्रविधिबाट ऐलानी जग्गाको विबरण संकलन हुदै

उदयपुर , पुस १६

उदयपुरको त्रियुगा नगरपालिकाले जिपीएस प्रविधिबाट ऐलानी जग्गाको नाप जाँच कार्य थालनी गरेको छ । नगरपालिका क्षेत्रको ऐलानी जग्गा विवरण संकलन कार्यका लागि मङ्गलबारदेखि नाँपजाँच सुरुवात गरेको हो । नगरपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरी वडा नम्बर ६ देखि सो कार्यको शुरुवाती गरेको हो । नाँपचाँच गरी विवरण संकलनपछि चासभोग गर्नेलाई सो जग्गाको स्वमित्व दिने प्रक्रिया थाल्ने नगरपालिकाले जनाएको  छ ।

नगरवासीको प्रमुख समस्या, आवश्यकता र चाहना अनुरुप यस्तो कार्य थालनी गरिएको मेयर बलदेव चौधरीले बताउनुभयो  । मेयर चौधरीका अनुसार वडा नं. ६ देखि थालिएको कार्यलाई १६ वटै वडामा विस्तार गरिनेछ । कामको प्रभावकारिता र पारदर्शिताका लागि ऐलानी जग्गाको विवरण संकलन तथा व्यवस्थापन निर्देशन समिति नै बनाइएको छ ।

नगरपालिका क्षेत्रमा करिब ६० प्रतिशत जग्गा ऐलानी, प्रति रहेको जनाउदै ऐलानी जग्गाको विवरण संकलनको उद्देश्यले चासभोगका आधारमा फारम भर्न निवेदन माग यस अघि गरिएकामा करिब १९ हजारले निवेदन दिएको मेयर चौधरीले बताउनुभयो । जग्गा नापजाँचका लागि आधुनिक मेसिन, टोटल स्टेशन मेसिन प्रयोग गर्ने जनाइएको छ ।

त्यस्ता मेसिन हाल नगरपालिकामा दुईवटा रहेका छन् । भएका दुई मेसिनले वडा नम्बर ६ र वडा नं. १ देखि नाँप जाँचको काम थाल्ने र अन्य थप दुईवटा मेसिन किनेर सबै वडामा तीन महिनाभित्रमा नाँपजाँच गरी ऐलानी जग्गाको विवरण निकाल्ने कार्य गरिने मेयर चौधरीले बताए । विवरण संकलन लगत्तै नगरबासीलाई स्वमित्व दिने काममा नगरपालिका लाग्ने, ढिलोमा डेड बर्ष्भित्रमा नागरिकलाई स्वमित्व दिने काम पुरा गर्ने मेयर चौधरीले बताए ।

यस कामलाई पूरा गर्न अझै पनि प्रदेश र संघबाट नीति, निर्देशन र अधिकार प्राप्त गर्न आवश्यक रहेकाले त्यो प्राप्तिका लागि नगरबासीको साथ र सहयोग आवश्यक परेमा माग्ने मेयर चौधरीले बताए । ऐलानी जग्गामा सदियौंदेखि जग्गाको चासभोग रहनुका साथै लाखौ खर्चेर घर बनाएर बसिरहेका भएपनि स्वमित्वको सामान्य नक्सा प्रमाणसम्म नरहेको समस्या धेरै छन् ।

त्यस्तो ठाउँमा नगरपालिकाले बस्ती उठाउँन पनि नसक्ने र राजस्व पनि उठाउन नसक्ने समस्या छ । नागरिकको बसोबासीको अधिकार, जग्गा स्वमित्व पाउने अधिकारलाई सम्मान गर्दै हाल ऐलानी जग्गाको विवरण संकलन गरी स्वमित्व दिने कामसम्मको प्रक्रिया थालिएको मेयर चौधरीले बताए ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]