त्रियुगा नगरपालिका ६ को पूरानो वडा कार्यालयलाई लक्षित गरी बम विस्फोट

उदयपुर , भदौ ५
उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेको पूरानो वडा कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएको छ । सोमबार राति १ बजेको समयमा जलजले पूरानो वडा कार्यालय भवनलाई लक्षित गरी सिलिण्डर बम विस्फोट गराईएको हो ।
बमको विस्फोटले जलजले खानेपानी उपभोक्ता समितिको भवनमा क्षति पुगेको वडा न. ६ का वडा सदस्य जयराम पंजियारले बताए । उनका अनुसार मंगलबार विहान १० बजे कार्यालय खोल्न जाँदा ताला फोडिएको, झ्यालको सिसा फुटेको देखेपछि मात्रै सिलिण्डर बम विस्फोट भएका थाहा भएको थियो ।
यता जिल्ला प्रहरी कार्यालय उदयपुरले अज्ञात समूहले जलजले खानेपानी उपभोक्ता समितिको कार्यालयमा बम विस्फोट गराएको पुष्टी गरेको छ । बम विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन् ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]