त्रियुगाको सभ्यता तथा बिकासको लागी सरसफाइ कार्यक्रम (फोटोफिचार)

इश्वर बलम्पाकी
गाइघाट , बैशाख १४
त्रियुगा नदीलाई बहुउपयोगी बनाउन तथा त्रियुगा नदीको दिगो व्यवस्थापन गर्ने उद्देश्यले सरसफाइ कार्यक्रमको आयोजना गरीएको छ । ‘त्रियुगा सभ्यता’ कार्यक्रम अन्तर्गत शनिबार देखी औपचारीक कार्यक्रम सुरु गरीएको हो ।
त्रियुगा नदीमा आउने बाढीले बर्षेनी खेतीयोग्य जमिन कटान गर्नुका साथै जनधनको क्षति गर्दै आएकोले त्रियुगा नदीको दिगो र भरपर्दो व्यवस्थापन गर्न नगरपालिकाले त्रियुगा सभ्यता नाम दिएर नदिको दिगो ब्यबस्थापन कार्य सुरु गरेको बताइएको छ ।
जस अन्तरर्गत शनिबार त्रियुगा नदी आसपासमा हुने फोहोरलाइ ब्यबस्थीत गर्न सरसफाइ अभियान सञ्चालन गरीएको छ । सरसफाइ कार्यक्रमको उत्घाटन गर्नुहुदै त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले त्रियुगाको शीरदेखि तीर दोभानसम्मको ४२ किलोमिटर दूरीमा दुवैतर्फ जैविक प्रविधिको बाँध बाँध्दै सिँचाइ, विद्युत् र खानेपानी सुविधाजस्ता बहुउपलब्धि हासिल गर्न गुरुयोजना तयार भइसकेको बताउनुभयो ।
सरसफाइ कार्यक्रममा जिल्ला स्थीत राजतिनिक दल , कर्मचारी , नेपाली सेना , शसस्त्र प्रहरी , नेपाल प्रहरी , नागरीक समाज , पत्रकार , बिद्यार्थी , सर्वसाधारण लगाएत करिव ७ सयको संख्यामा उपस्थिती रहेको थियो ।