ताप्लीको रुपाटार , रामपुर , कटहरेमा पानी नपर्दा बारी बाझै, किसान चिन्तीत

ठबिन्द्र मगर
जेठ २० , ताप्ली उदयपुर
उदयपुरको ताप्ली गाउँपालिकाको बिभिन्न वडामा मकै बाली लगाउने सिजन सकी सक्दा समेत पानी नपर्दा किसान बारी बांझै छाड्न बाध्य भएका छन । पालीकाको रुपाटार, रामपुर, मादले, कटहरे, तिल्केचौर , थुम्की , जतनपुर ,सिम्ले लगाएको क्षेत्रमा मकै बाली लगाउने सिजन गइ सक्दा पनि वर्षा नहुदा किसानले मकै छर्न सकेका छैनन ।

सो ठाउँको वरी परी रहेको अन्य ठाउँमा पानी परे पनी सोे स्थानमा भने बर्षेनी खडेरी लाग्ने गरेको गाप्ली गापा वडा न.५ ढुङ्गेका दिनेश मगरले बताउनुभयो । हाल यस क्षेत्रमा खोलानाला तथा पानीको मुहान सुख्खा भै सिचाइ गर्न समेत समस्या भएको रुपाटारका कृषक नानीमैया हमालको भनाइ छ ।

यस्तै छिमेकी गाउँपालिका लिमचुङबुङको भाते , बुत्कु , ज्यामीरे लगाएतको स्थानमा पनी पानी नपर्दा किसान चिन्तित भएका छन हाल सो क्षेत्रमा खाने पानीको पनी समस्या हुन थालेको छ ।

पानी नपर्दा पानीको मुहान सुक्न थालेको छ जसका कारन घरायसी कामकाज ,शौचालय प्रयोग देखि लियर ,ब्यबसायिक रुपमा कृर्षी तथा पशुपालन गर्नेका लागि पानीको समस्या हुने गरेको वडा ४ का किसान शिव राइले बताउनुभयो ।