ताप्लि गाउँ पालीकाका सबै स्वास्थ्य , वडा तथा मावि स्कुलमा बिद्यिुतिय हाजिरी

ठबिन्द्र मगर
रुपाटार , बैशाख १७
उदयपुरको ताप्ली गाउँ पालिकाका सम्पुर्ण वडा कार्यलय , स्वास्थ्य कार्यलय तथा माध्यमिक बिद्यालयमा बिद्युतिय हाजिरी सुरु भएको छ । गाउँपालिकामा रहेको सप्पुर्ण वडा कार्यलय , स्वास्थ्य कार्यलय , माध्यमिक बिद्यालय सहित १७ सरकारी कार्यलयमा बिद्युतिय हाजिरी संचालनमा आएको छ ।

बिद्युतिय हाजिर जडान भएका माध्यामिक बिद्यालयमा महेन्द्र मा.बि.रुपाटार, मा.बि.कटहरे, फुस्रे मा.बि. पिपलभन्ज्याङ, ककनिश्वर मा.बि.ठानागाउं, मा.बि.ताप्ली चिसापानी , मा बि. झिल्केपोखरी रहेका छन । त्यसैगरी पालिकाका ५ वटै वडा कार्यलय र स्वास्थ्य कार्यलयमा पनी बिद्युतिय हाजिरी संचालनमा आएको बताइएको छ ।

बिद्युतिय हाजिरी संचालनमा आएपनी सबै स्थानमा बिद्युतको सुबिधा नहुदा सोलारबाट बिद्युतिय हाजिरी चलाउनु पर्ने अबस्था रहेको बताइएको छ । आगामी बर्ष आधारभुल बिद्यालयमा समेत बिद्युतिय हाजिरी संचालनमा ल्याउने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाले जानकारी दिनुभयो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]