डेंगुबाट जोगीन १८ सय ६० सुनौला हजार दिने आमालाइ किटनासक झुल

उदयपुर , भदौ २
उदयपुरमा डेंगुको संक्रमण बढेपछी यसबाट जोगीन किटनासक झुल बितरण कार्य सुरु गरीएको छ । वल्डभिजन इन्टरनेस्नलको सहयोगमा मानबअधिकार र बाताबरण बिकास केन्द्र (हुरेण्डेक) उदयपुरले आफ्नो कार्यक्षेत्रका सुनौला हजार दिने आमाहरुलाइ लामुखुट्टेको टोकाइबाट बच्नको लागी किटनासक झुल बितरण कार्य शुरु गरेको हुरेण्डेक उदयपुरका अनुगमन तथा मुल्याङ्कन अधिकृत सुनिल वाग्लेले जानकारी दिनुभयो ।

वाग्लेका अनुसार हाल उदयपुरमा पनी डेंगुको रोगीहरु बढेको पहाडी क्षेत्रमा पनी लामखुट्टे हुर्कन सक्ने खालको वातावरण भएको हुँदा यसबाट जोगीनको लागी किटनासक झुल बितरण गर्न थालीएको हो । हाल पहाडी क्षेत्रमा समेत औलो र डें्गुको जोखिम बढेको छ ।  यसबाट सुनौला हजारदिने आमा तथा बच्चा बढी प्रभावीत हुनसक्ने भएकोले यसबाट बच्न किटनासक झुल बितरण गरीएको बताइएको छ ।

उदयपुरको ६ वटा स्थानीय तहका बिभिन्न वडाहरुमा संचालित मात्रृ बाल स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरर्गत रहेका १८ सय ६० जना हजार दिने आमाहरुलाइ किटनाशक झुल वितरण कार्य सुरु गरीएको हो । आइतबार उदयपुरगढी गाउँपालिकाको वडा न. १ तावाश्र्रीबाट सुरु गरीएको बितरण कार्य १ महिना भित्रमा (हुरेण्डेक)कोे कार्यक्षेत्र भित्रका सम्पुर्ण सुनौला हजारदिने आमालाइ  झुल बितरण कार्य सक्ने वल्डभिजन इन्टरनेश्नलका स्वास्थ्य अधिकृत शुसान्त बुद्धचार्यले बताउनुभयो ।

बुद्धचार्यका अनुसार यो किटनासक झुल २० पटक सम्म धुदा काम गर्ने बताउनुभयो । यसको प्रयोगले लामुखुट्टे पर परै भाग्ने यसको गन्धबाट लामुखुट्टे झुल नजिन नआउनाले यो झुलको प्रयोगबाट लामुखुट्टेको टोकाइबाट बच्न सकिन्छ । साथै लामुखुट्टेको टोकाइबाट लाग्न सक्ने डेङ्गु र औलोरोग जस्ता रोगहरु बाट हजार दिने आमालाई बचाउन सक्ने भएकोले झुल बितरण गरीएको बताउनुभयो ।  

हाल निशुल्क बितरीत झुलको बजारमा खुद्रा मुल्य ९ सय पर्छ । शुक्रबार सम्ममा उदयपुरमा १९ जना डेंगुको रोगी फेला परी सकेको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख रमेश खकुरेलले जानकारी दिनुभयो । खकुरेलका अनुसार कटारी नगरपालिकामा १३ जना बेलका नगरपालिकाको वडा न ५ मा ४ जना त्रियुगा नगरपालिका वडा न.१२ मा १ जना चौदण्ढीगढी नगरपालिका बिपिचौक बेल्टारमा १ जना डेंगु रोगी फेला परेको स्वास्थ्य कार्यलयको भनाइ छ ।  

हाल (हुरेण्डेक) उदयपुरले त्रियुगा नगरपालिकाको वडा न. १५ , रौतामाइ गाउँपालिकाको वडा न. २ ,३ , ४ ,५ , ६ , ७ र ८ लिम्चुङबुङ गाउँपालिकाको वडा न. ५ ताप्लि गाउँपालिकाको वडा न. १ , २ , ३ र ५ उदयपुरगढी गाउँपालिकाको वडा न. १ र २ र कटारी नगरपालिकाको वडा न ८ , ९ मा मात्रृ बाल स्वास्थ्य तथा पोषण बिषयमा काम गरीरहेको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]