जबरजस्ती करणीमा फरार एक प्रतिवादी २३ वर्षपछि पक्राउ

उदयपुर , भदौ २७
उदयपुरको साविक त्रियुगा नगरपालिका १० हाल त्रियुगा नगरपालिका ५ देउरी बस्ने ४३ वर्षिय हरिनारायण सदालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा फरार सदालाइ २३ वर्षपछि पक्राउ पक्राउ गरीएको प्रहरीको भनाइ छ ।
उनलाइ २०५२ साल माघ १० गते एक महिलालाई बलात्कार गरी फरार भएका आरोप छ । बलात्कार गरेको आरोपमा प्रतिवादी सदालाई जिल्ला अदालत हुँदै पुनरावेदन अदालतले ४ वर्ष जेल सजायको फैसला गरेको थियो ।
 भारत र नेपालमै लुकीछिपी बस्दै आएका सदालाइ २३ वर्षपछि पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार पक्राउ प्रतिवादीलाई विहिबारै अदालतमा हाजिर गराई कारागार चलान गरीएको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]