चौदण्डीमा भिजिट नेपालको उत्घाटन संगै सागका पदक विजेतालाइ नगद सहित सम्मान

बेल्टार , पुस १७

चौदण्डीगढी नगरपालिकाले भ्रमण वर्ष २०२० को बुधबार भब्य कार्यक्रमको आयोजना गरी सुभारम्भ गरेको छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल चौदण्डीगढीमा एक विशेष समारोहको आयोजना गरी भ्रमण वर्षको स्वागत गरेको  हो ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को भब्य उत्घाटनका संगै नगरपालिकाले १३ औ सागमा पदक विजेता जिल्ला भरिका खेलाडिहरुलाई नगद सहित सम्मान समेत गरेको छ । ३०० बर्ष पुरानो चौदण्डीगढी दरबारको प्राङ्गणमा भएको भ्रमण बर्ष उत्घाटन कार्यक्रमकोे संघीय सांसद प्रमिला राईले उद्घाटन गर्नु भएको थियो ।

राईड टु चौदण्डीगढी साईक्लिङ) संगै विभिन्न जातजातिको झाँकी सहित निस्केको ¥यालीले बेल्टार बजार परिक्रमा गरी कार्यक्रम स्थल चौदण्डीगढी दरबार पुगेको थिो । चौदण्डीगढीको बिशेस घुम्नुपर्ने ठाउँहरुमा चौदण्डीगढी दरबार , चौदण्डीगढी भ्यु टावर , कुवाखानी लगाएतका ठाउहरु रहेका छन ।

कार्यक्रममा किरात राईको साकेला, तामाङ सेलो, मगरको हुररा नृत्य, नेवार समुदायको लाखे, थारु जातिको परम्परा नृत्यहरु समेत प्रस्तुत गरिको थियो ।

यस्तै कार्यक्रम स्थलमा स्थानीयले उत्पादन गरेका खानाका परिकारहरु कोदोको ढिडो, मकैको च्याख्ला, सिस्नुको तरकारी, साधेको गुन्द्रुक, स्कुसको तरकारी लगायतको व्यवस्था गरी आगन्तुकहरुलाई ग्रहण गराईएको थियो ।

 

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]