चुरियास्थित पञ्चकन्या देवि मन्दिर मर्मत

उदयपुर , असोज १
    पर्यटकिय क्षेत्रको सम्भावना बोकेको उदयपुरको त्रियुगा नगरपालिका ६ चुरियास्थित पञ्चकन्या देवि मन्दिर संरक्षणका लागि प्रदेश १ सरकारले चासो देखाएको छ ।
    शक्तिपिठकोरुपमा रहेको ऐतिहासिक मन्दिर संरक्षणका लागि पर्यटन मन्त्रालयले गत आर्थिक बर्षमा ९ लाख ५० हजार रुपैँया खर्च गरेको हो । सरकारले सन २०२० लाई पर्यटन बर्षकोरुपमा मनाउने तयारी गरिरहेको बेला पर्यटक र भक्तजनलाई आकर्षित गर्न स्थानीयबासी र प्रदेश सरकार लागि परेको हो ।
    २०४२ सालमा स्थापना गरिएको मन्दिर भौतिक संरचनाका हिसावले जिर्ण रहेको निर्माण समितिका अध्यक्ष उमेश खड्काले बताए । स्थानीयको जनश्रमदान र प्रदेश सरकारको गरी १० लाख ९० हजार ९ सय ७१ रुपैँया ७६ पैसाको लागतमा मन्दिर मर्मत, रङ्गरोगन र सवारी पार्किङ्ग लगायतको काम गरिएको उनले बताए ।
    मन्दिरको पुजापाठ लगायतका नृत्यकर्मलाई नियमितता दिन व्यवस्थापन समितिले २०४२ सालदेखि डेकबहादुर मगरलाई पुजारी राखेको छ । मन्दिर मर्मतसम्भारसँगै आउने भक्तजनका लागि पीउने र शौच गर्ने पानीको अभाव रहेको पुजारी मगरले बताए ।
    उनले भने, ‘मन्दिर डाँडामा छ, लिफ्टिङ्ग प्रविधिवाहेक अन्य कुनै प्रविधिबाट आउने ठाउँ छैन्, स्थानीय सरकारलाई जानकारी गराउँदासमेत चासो दिएको छैन् । परिवारसहित मन्दिरमा बसोबास गर्दै आएका पुजारीले पानीको चरम अभाव भएपछि ६ किलोमिटर पर रहेको जलजले बजारबाट ल्याउने गरेको बताए ।
    यता मन्दिर व्यवस्थापन समितिले भने पानी र पुजारी बास घरका लागि विकल्प खोजिएको जनाएको छ । मन्दिरसँगै जोडिएको पुजारीको घरले मन्दिरको स्वरुप विगारेकाले विकल्प खोजिएको अध्यक्ष खड्काले बताए । मन्दिरलाई पर्यावरणीय हिसावले आकर्षण गर्न आसपासका क्षेत्रमा विभिन्न प्रजातिका विरुवा रोपिएको डिभिजन वन कार्यालयका सहायक वनअधिकृत जागेश्वर साहले बताए ।
    उनले भने, ‘हराभर बनाउन विरुवा रोपिएको छ, त्यसँगै नजिकबाट वगिरहेको पहिरो नियन्त्रणका लागि वृहद कोषी जलाधार केन्द्रसँग छलफल भईरहेको छ । सरकारले घोषणा गरेको पर्यटन बर्ष नजिकिदै गर्दा उदयपुरको रौतापोखरी, मैनामैनी, उदयपुरगढी, चौदण्डीगढी, कटारीको भुगोलपार्क, ताप्लिपोखरी, माझखर्क, ओढारे झरना, सात तले गुफा, पञ्चकन्या देवि मन्दिर, नागपोखरी, मयुरवन, माटेखाडी हरितपार्क, त्रियुगा शान्तिधाम, साउनेको महादेव गुफालगायतका क्षेत्र पर्यटकिय हिसावले सम्भावना बोकेका ठाउँहरु हुन् ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]