गाईघाटमा भुस्याहा कुकुरको आतंक

सविता बस्नेत
गाइघाट , कात्तिक १८
उदयपुर सदरमुकाम गाईघाटमा भुस्याहा कुकुरको टोकाईबाट एकैदिन १० जना घाईते भएको छ । करिब तिन घण्टाको अबधिमा एउटै कुकुरको टोकाईबाट उनिहरु घाईते भएका हुन् ।

घाइते हुनेहरुमा २५ वर्षीय कुमार राई  ,स्थानीय बिबेक राई  ,५० वर्षीय माधव खतिवडा गाईघाटकै ३५ वर्षीय हुतराज मगर रहेका छन भने अन्यको नाम खुल्न सकको छैन । पीडितहरुका अनुसार उनीहरु सबैलाई टोक्ने कुकुर एउटै हो । एउटै कुकुर सडकमा हिड्दै उभिरहेका मान्छेहरुलाई टोक्दै भाग्ने गरेको बताइएको छ ।


आईतबार दिउँसो तिन देखि छ बजेको समयमा गाईघाट बजार क्षेत्रभित्र उनिहरुलाई टोकेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । अहिले भुस्याहा कुकुरले मान्छे टोक्न थालेपछि गाईघाट बजारबासी आतंकित भएको छ ।  

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]