गाइघााटमा जनजाती महासंघको लाठी जुलुस प्रदर्शन

उदयपुर , भदौ १
नेपाल आदिबासी जनजाती महासंघको अगुवाइमा शनिबार उदयपुर सहित देशै भर लाठी जुलुस प्रदर्शन गरीएको छ । संविधानमा समानुपातिक व्यवस्थालाइ उल्लेख गरिएको भएपनि लोक सेवा आयोगको विज्ञापनमा लागु नगरेको आरक्षर कोटा हटाइएको भन्दै प्रदर्शन गरीएको हो ।

उदयपुरको सदरमुकाम गाइघाटमा नेपाल आदिवासी जनजाति महासंघ त्रियुगा नगरपरिषद्को आयोजना र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद उदयपुरको आयोजनामा चोक र बजारमा जुलुस प्रदर्शन गरिएको थियो ।

सरकारले आरक्षणलाई समानुपाति नगरे सम्म यसको बिरोध तिब्ररुपमा अघि बढाउने जनजाती महासंघले जनाएको छ । उदयपुरमा गाईघाट कटारी, बेलका, चौदण्डी लगाएका स्थानहरुमा जुलुस प्रदर्शग गरिएको छ ।
 
सभामा बिज्ञापन तत्काल नसच्याय सम्म आन्दोलनको अझै कडा कार्यक्रमहरुको तयारी गर्ने आदिवासी जनजाति त्रियुगा नगर परिषदका अध्यक्ष भैरब श्रेष्ठले बताए । श्र्रेष्ठका अनुसार केन्द्रको कार्यक्रम अनुसार अहिले देशैभरी यो कार्यक्रम भईरहेको छ ।

हाल समानुपातिक विज्ञापनको बिरोधमा नेपाल आदीबासी जनजाती महासंघको अगुवाइमा सम्पुर्ण आदीबासी जनजातीहरु साथै मुस्लिम संघ, दलित संघ, अपाग संघ लगाएतले विरोध प्रदर्शन गर्दै आईरहेको छ ।

गाइघाटमा भएको लाठी जुलुसमा प्रदर्शनमा रहेको प्रदर्शनकारी संघ लाठी खोसाखोस सम्म भएको छ ।  

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]