गाइघाटमा बिश्व आदिवासी दिवश धुमधामका साथ सम्पन्न । (फोटोफिचर)

इश्वर बलम्पाकी मगर
गाइघाट , साउन २४
यस बर्षको २४ औं विश्व आदिवासी दिवश (अगष्ट ९) उदयपुरको गाइघाटमा पनी भब्यताका साथ मनाईएको छ । नेपाल आदिवासी जनजाति महासंघ त्रियुगा नगर समन्वय परिषदको आयोजनामा दिवश मनाईएको हो ।

यस बर्षको दिवस अधिकार, प्रतिनिधित्व र स्वायत्तता स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने मूल नाराकासाथ  मनाइएको थियो ।

सदरमुकाम गाइघाटको सिटीहलमा भएको उत्त कार्यक्रमको उत्घाटन गर्नु पूर्ब जातिय भेषभुषा सहित सजिएका त्रियुगा नगरपालिकामा भएका १८ वटा जातिय संस्थाको अगुवाइमा झाँकी सहित गाइघाट बजार परिक्रमा गरीएको थियो ।

त्रियुगा नगरपालिकाका उपप्रमुख देबी कुमारी चौधरीको प्रमुख आथित्यमा भएको उत्त कार्यक्रमको उत्घाटन उपप्रमुख चौधरी सहित नेपाल आदिबासी जनजाती महासंघ त्रियुगा नगरकमिटीको अध्यक्ष गणपती चौधरी लगाएतले संयुत्त रुपमा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती चौधरीले आदिबासी जनजातीलाइनै लक्षित गरी बैशाख देखी नगरपालिकाले त्रियुगा नगर सभ्यता कार्यक्रम सुरु गरेको बताउनु भयो । यस्तै स्थानीय सरकार घर घरमा अधिकार भनेर सरकारले खोक्रो नारा लगाएको भन्दै हाल सम्म प्रदेश र केन्द्र सरकारबाट त्यस्ता अधिकार प्राप्त नभएकोले स्थानीय सरकार नगरपालीकाले बनाउने कानुन बनाउन नसकेकोे बताउनुभयो । नेपाल बहुजातिय बहुसांस्कृतिक तथा बहुधार्मीक देश भएकाले राष्ट्रको पहिचान आदीवासी जनजातीले जोगाएको उपप्रमुख चौधरीको भनाइ थियो  ।

यस्तै कार्यक्रममा बोल्दै आदिबासी जनजाती महासंघ उदयपुरका अध्यक्ष केशब मगरले आदीबासी जनजातीको भाषा संस्कृ्रती देशको गहना भएपनी यसको संम्रक्षणमा राज्यको ध्यान पुग्न नसकेको बताउनुभयो यता पूर्ब अध्यक्ष प्रदिप चौधरीले बिश्व आदिबासी जनजाती दिबसको अवसरमा १ नम्बर प्रदेश सरकारले दिएको बिदा स्वागत योग्य भएको बताउनुभयो ।

यसैगरी त्रियुगा नगरपालिका वडा न.१६ का वडा अध्यक्ष तथा त्रियुगा नगरपालिका सामाजिक बिकास संयोजक मान बहादुर राइले यस आर्थिक बर्षमा आदिबासी जनजातीको बिकासको लागी त्रियुगा नगरपालिकाबाट २ करोड ५० लाख बढी बजेट बिनीयोजन भएको बताउदै यो पनी प्रयाप्त नभएकोले आगामी बर्ष यसलाइ अझ प्राथमित्तामा राखेर लैजाने बनाउनुभयो ।

यस्तै कार्यक्रममा बोल्ने अन्य बत्ताहरुले आदिबासी जनजातिहरुको पहिचान सुनिस्चीत हुन नसकेको , आदिबासी जनजाती दिबस दिबसमा मात्रै सिमीत भएको तथा जनजातिको लागी छुट्यइएको रकम समेत बिकास निर्माणमा खर्च गर्ने गरेको भन्दै आक्रोस जनाएका थिय ।

कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्ने समूहहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । बिश्व आदिबासी दिवसको अवसरमा १ नम्वर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार सूचना जारी गर्दै २४ गते बिहीबार सर्बजनिक बिदाको घोषणा गरेको थियो ।


 

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]