गाइघाटमा रेडप्लस फोकल पर्सनका लागि ५ दिने क्षमता अभिबृद्धि तालिम

गाइघाट , बैशाख २७

रेडप्लस परियोजना, जलवायु परिवर्तन, दिगो वन व्यवस्थापन, कार्वन व्यापार, रेडप्लसमा सुरक्षा मापदण्डहरु बारेमा जनचेतना जगाउन फोकल पर्सन तयार गर्नलाइ आइतबार देखी गाइघाटमा सुरु भएको ५ दिने क्षमता अभिबृद्धि तालिम बिहिबार समपन्न भएको छ ।

डिभिजन बन कार्यलय गाइघाट उदयपुरको आयोजनामा सन्चालन भएको तालिममा रेडप्लस परियोजना, जलवायु परिवर्तन, दिगो वन व्यवस्थापन, कार्वन व्यापार, रेडप्लसमा सुरक्षा मापदण्डहरु लगाएतको बिषयमा प्रशिक्षण गरीएको तालिम सहजकर्ता तथा जिल्ला बन कार्यलय उदयपुरका सहायक बन अधिकृत जागेश्वर शाहले जानकारी दिनुभयो ।

तालिम समय अवधिभर रेडप्लस र जलवायु परिवर्तन न्यूनिकरणका लागि सहजीकरण बिधी र तालिम सामाग्रीबारे प्रशिक्षण गरीएको थियो । तालिममा सामुदायिक बन, निजि बन, बिभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण रेडप्लस र जलवायु परिवर्तन सम्बन्धि बिज्ञ डा.एक राना मगर , डिभिजन बन कार्यलय उदयपुरका सहायक बन अधिकृत जागेश्वर शाह , चुडामणि खतिवडा , डिभिजन बन कार्यलय गाइघाटका प्रमुख नरेश ठाकुर लगाएतले गर्नुभएको थियो ।

कार्यक्रमको समापनमा सहभागीहरुको तर्फबाट बोल्दै सहभागी पाण्डु परियारले नेपालमा रेडप्लस प्रक्रिया अघि बढाइने भए रेडप्लस सम्बन्धी संरचनामा समानुपातिक समावेशी सिद्धान्तको आधारमा आदिवासी जनजाति, दलित, महिलालगायतका समुदायको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न माग माग समेत गर्नु भयो ।