गाइघाटमा बिहिबारदेखी दोस्रो प्रदेश स्तरीय घरेलु महोत्सव (भिडियो सहित)

इश्वर बलम्पाकी मगर
उदयपुर , मंसिर २०
उदयपुरको गाइघाटमा बिहिबारदेखी दोस्रो प्रदेश स्तरीय घरेलु महोत्सव सुरु भएको छ । ‘मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल’ भन्ने मुल नाराका साथ सूरु भएको महोत्सव आगामी मंसीर २९ गते सम्म संचालन हुने घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले जानकारी दिनुभयो ।

घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्न उदयपुरमा प्रदेश स्तरीय घरेलु औधोगिक महोत्सव–२०७५ आयोजना गरीएको अध्यक्ष थापाको भानाइ छ । महोत्सवमा ढाका, मुडा, टर्की, खुकुरी, दालमोट, चटपटे, घुगी, कृषी औजार, जमराको जुस, अगरबत्ती, बासको हस्तकला सामाग्री, लगाएत एक सय पचार स्टल रहेको छ ।।

महोत्सवमा बिशेष गरेर स्थानीय उद्यमीहरुको जातिय परिकार तथा स्थानीय उत्पादन नै प्रमुख आकर्षकको रुपमा रहेको छ । महोत्सवको एक समारोह विच प्रदेश नं. १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीस प्रसाद कुसियैतले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्रि कुसियैतले १ नम्बर प्रदेश हरेक हिसाबले मजबुत रहेकोले यस प्रदेशलाई सबैले हातमा हात मिलाएर अघि बढ्न सके समृद्ध हासिल गर्न सकिने बताउनुभयो उहाँले प्रदेश सरकारले १ परिवार १ उद्यमी १ ग्राम १ उद्योग स्थापना गर्ने उदेश्य रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय कार्यावाहाक अध्यक्ष उमेशप्रसाद सिह , प्रदेश सभा सांसद नारायण बुर्जा मगर, प्रदेश सभा सांसद अम्बिका थापा, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियार, प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की, घरेलु बिकास समिति उदयपुरका कार्यलय प्रमुख शम्भुप्रसाद साह लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरको आयोजनामा भएको महोत्सवले १ नं. प्रदेशमा रहेका उद्यमीहरुलाई एकैथलोमा भेला गरी बजार प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनलाई सहयोग पुर्याउने उद्देश्य लिएको बताइएको छ ।

(भिडियो)

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]