गजल सङग्रह ‘चाँदनी’ लोकापर्ण

गाईघाट , असोज ८
साहित्यकार मार्मिक रोशनको ‘चाँदनी’ गजल सङग्रह शुक्रबार लोकापर्ण गरिएको छ । आदिम साहित्य समाज र उमङ् नेपाल उदयपुरले सदरमुकाम गाईघाटमा संयुक्तरुपमा एक कार्यक्रमको आयोजना गरी गजल सङ्ग्रह लोकापर्ण गरिएको हो ।
  गजल सङ्ग्रहको लोकपर्ण गर्दै त्रियुगा जनता वहुमुखी क्याम्पस मोतिगडाका प्राध्यापक डा. कैलाश राईले गजलले सबै क्षेत्रलाई समेटन सकेको बताए । उनले राजनीतिक र सामाजिक विकृतिलाई गजलले चित्रण गरेको बताए ।
त्यसक्रममा गजलका रचनाकार मार्मिक रोशनले गजल सङ्ग्रहमा प्रकाशन भएका गजलहरु वाचन गर्दै समाजका घटनालाई वस्तुगतरुपमा आफुले चित्रण गरेको बताए । उनले कुलतमा फसेका युवायुवतीदेखि लिएर राजनीतिक मियो विग्रदा देश अस्थिरतातर्फ धकलिदै गएको सन्र्दभलाई आफुले खवरदारी गरेको बताए ।
कार्यक्रममा साहित्यकार प्रकाश घिमिरे, सुबास आम्बोटेली, सरिता गुरागाई, निशा पराजुली, अनिल ढुंगाना लगायतका एक दर्जन साहित्यकारहरुले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, आधिकारिक ट्रेड युनियनका अध्यक्ष देवराज कोईराला, साहित्यकार माधव पोखरेललगायतले बोलेका थिए ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]