खसी जोखेर बेच्ने चलन चलाउन माग

नरेशमोहन तामाङ
१८ भदौ, आँपटार
केहि बर्ष यता ग्रामिण भेगमा सामुहिक र ब्यक्तिगत बाख्रा फर्म खेल्ने र यस्ता ब्यावसायहरु निकै बढेको छ । रौतामाई गाउँपालिका वडा नं.–५ डुडेका सयपत्री बाख्रा पालन उत्पादन समुहले साबिकको बाख्रापालन भन्दा करिव दोब्वर आम्दानी दिने गरेको पाईएकोे छ । सो समुहका १४ जना सदस्यहरुले करिव १ बर्ष अघि एउटा सामाजिक संस्थाले संचालन गरेको परियोजनाबाट नश्ल सुधारका लागि राम्रो जातिय गुण र शुद्धता भएको १ बोयर बोका पाएको थियो । बोयर बोकाको क्रसबाट उत्पादिन पाठापाठिको हेराईमा भन्दा तौलमा करिव दोब्वर बढि हुने भएको कारण जिबितमा नै जोखेर बेच्न परियोजना सहयोग संस्था र वडा कार्यालय सँग सो समुहले माग गरेको हो । स्थानिय स्तरकै बाख्रामा लोकल बोका सँग संसर्ग गराउदा हाडनाता पर्न गई बाख्राको उत्पादनमा गिरावट आएको पिडा सहिरहेको स्थानिय देविराज खत्रीले परियोजनाको बोका सहयोग भगवानको वर सावित भएको बताए ।
केहि दिन अघि वल्र्ड भिजनको सहयोगमा जिल्लामा कृषि तथा अर्थिक बिकास परियोजना संचालन गरिरहेको संस्था नेस्पेक उदयपुरका कृषि प्राविधिक÷कार्यक्रम संयोजक पुरञ्जन सापकोटा सो स्थानमा पुगि स्थानिय अगुवा कृषक देविराज खत्रीले पालेको लोकल ब्रिड र बोयर ब्रिडको तुलना गर्दाः २ महिनाको स्थानिय खरी जातको पाठा तौल गर्दा ८ के.जि. र १ महिनाको बोयर क्रसको पाठो जोख्दा १३ के.जि. को पाईएको थियो । बोयर बोकाको ज्यानको उचाई हेर्दा होचो देखिने भएतापनि तौल बढि हुने भएको कारण पुर्ण ब्यावसायिक प्रणाली अनुसार स्थानिय मुल्य अनुसार तौलेर बेच्नका लागि नेस्पेक र वडा कार्यालय सँग तौलेर बेच्न सहजिकरणको माग आएको परियोजना संचालक संस्थाका महासचिव अर्जुन पोखरेलले बताए । बोयर जातको बाख्रामा रोग प्रतिरक्षा क्षमता बढि, जुनसुकै घाँस र दानापानी पनि खाने, मासुमा कोलस्टोलको मात्रा कम हुने, छिटो बढ्ने भएका कारण हाल ब्यावसायिक बाख्रा पालनमा बोयरको माग बढेको हो । यसकारण नेस्पेकले जिल्लाको जाते, भुटार र मुर्कुचीमा यस्ता प्रचलनमा चलाउनमा सहजिकरण गरिसकेको हुदाँ आपटारमा पनि यस बर्ष प्रविधी सहायतामा डिजिटल तौल मेसिन दिई वडा कार्यालयको समन्वयमा स्यानिय मुल्य दररेट तोकिने पोखरेलले बताए । केहि महिना अघि परम्परागत रुपमा खसी खरिदे मार्फत ५ वटा खसी हुन्डेमुन्डे मोलमोलाईबाट बेच्दा ५० के.जि. बरावरको घाटा खानु परेको पिडा स्थानिय कृषक पुष्पराज कटुवालले बताए ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]