काँग्रेस उदयपुरको वृहत चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम

गाइघाट , असोज २७

नेपाली काँग्रेस उदयपुरले आइतबार वृहत चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । २०३३ सालमा जननायक विपि कोइराला नेपाल फर्किए पछि मेलमिलापको नितिलाई अबलम्वन गर्दै हरेक बर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णीमाको अबसर पारेर चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

चियापान कार्यक्रम पाटी कार्यलय गाइघाटमा दिउँसो १ वजे देखि ४ बजेसम्म भएको बताइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का, प्रहरी प्रमुख बीर बहादुर बुढामगर लगायत कार्यालय प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, बुद्धिजीवि , व्यपारीहरु, क्रियाशिल सदस्यहरु लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियार, प्रदेश सभा सदस्य हिमाल कार्की, प्रदेश सभा सदस्य संजा दनुवार, चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्र राई, त्रियुगा नगरपालिका उप प्रमुख देवी चौधरी लगायतको उपस्तिथी रहेको नेपाली काँग्रेस उदयपुरले जनाएको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]