कपडा बैंकमा सहयोग जुटदै

उदयपुर
    आर्थिकरुपमा विपन्न रहेका परिवारलाई लक्षित गरी १५ दिन अघि स्थापना गरिएको कपडा बैंकमा दाताको सहयोग जुटनेक्रम जारी छ ।
    बिहीबार निजामती क्षेत्रको लेखा समुहमा कार्यरत कर्मचारीहरुले बैंकलाई २ सय जोर चप्पल र कपडा नयाँ खरिद गरी उपलब्ध गराएका हुन् । निशुल्क वितरण गरिने सामग्री खासगरी चाडपर्वमा अभाव हुने भएकाले अभाव सृजना हुन नदिन सहयोग गरिएको लेखा समुहका अध्यक्ष ज्ञानेन्द्र पोखरेलले बताए ।
    चाडपर्वका बेला बजारमा भिडभाड बढेसँगै निशुल्क वितरण हुने सामान लिनेको संख्या बढि हुने भएकाले चाँपलाई नजरअन्दाज गरी अभाव सृजना हुन नदिन सहयोग गरिएको सचिब महेश वाग्लेले बताए । खरिद गरिएका सबै सामग्री बिहीबार नै बैंकका अध्यक्ष दिनेशकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको संस्थाका संरक्षक हिरा न्यौपाने “डायमन्ड”ले जानकारी दिए ।
    सोही अवसरमा अध्यक्ष श्रेष्ठले सहयोग दिने र कपडा लिनेको संख्या उत्तिकै रहेको बताए । उनले उद्घाटन गरेकै दिन ७ सय जोर कपडा वितरण गरिएको बताए । प्रकृति युवा समुह, कर्मचारी मिलन केन्द्र, नेपाल पत्रकार महासंघ, गैसस महासंघ, पेसोक, रेडियो उदयपुर र दाह्री ग्याङ्को संयुक्त सहयोगमा स्थापना गरिएको बैंक स्थापना गरिएको हो । सदरमुकाम गाईघाटको मुख्य बजारमा रहेको बैंकलाई केहि दिन भित्र त्रियुगा नगरपालिकाले कार्यालय परिषरमा उपलब्ध गराएको कोठाबाट सहजरुपले सेवा प्रदान गर्ने तयारी गरेको अध्यक्ष श्रेष्ठले बताए ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]