उदयपुर सिमेण्ट उद्योगमा आर्थीक अनियमितता १६ सयको सामान ४० हजारका दरले भित्रियो

उदयपुर , भदौ ५
देशकै ठुलोे उद्योगको रुपमा रहेको उदयपुर सिमेण्ट उद्योग लिमिटेड जलजलेमा सामान खरिद गर्दा ठुलो आर्थिक अनियमितता भएको पाइएको छ  । उद्योगले गत बैशाकमा खरिद गरेको पेण्डेन्ट कन्ट्रोल स्वीच निर्धारित मुल्य भन्दा ठुलो अन्तरमा खरीद गरेको पाइएकोले आर्थीक अनियमितता भएको पाइएको उद्योगका एक कर्मचारीले नाम नबताउने शर्तमा बताएका छन । उनका अनुसार उद्योगका केही ब्यत्तिको मिलेमहतोमा  भारु १ हजार रुपैया नेपाली १६ सय पर्ने सामान ३९ हजार १ एक सय १५ रुपैयाका दरले खरीद गरेर भित्राएको भन्दै यसमा ठुलो आर्थीक अनियमितता भएको बताएका छन ।

उनका अनुसार उद्योगमा पेण्डेन्ट कन्ट्रोल स्वीच कान्ड मात्र नभएर उद्योगमा भित्राइने अधिकांश  सामानको मुल्य  मिलेमहतोमा मिलाइने गरेको भन्दै उद्योगमा भित्रिने सामानमा ठुलो आर्थिक अनियमितता हुने गरेको छ ।  यस्तै १६ सय पर्ने सामान ३९ हजार १ सय १५ का दरले त्यो पनी आबस्यत्ता भन्दा धेरै उद्योग भित्रियपछि ठुलो आर्थिक अनियमितता भएको भन्दै उद्योगमा रहेको ३ कर्मचारी संगठनले दोसीमाथी कडा कारबाहीको माग गर्दै बिज्ञप्ती जारी गरेको छ । उद्योगमा रहेका ३ कर्मचारी संगठन अखिल नेपाल औद्योगिक मजदुर संघ , समग्र टेड युनियन नेपाल र नेपाल कारखाना श्र्रमिक  संघले दोसी उपर कडा कारबाहीको माग गर्दै बिज्ञप्तीनै जारी गरेको नेपाल कारखाना श्र्रमिक  संघका अध्यक्ष देबेन्द्र झाले बताउनुभयो ।

अध्यक्ष झाका अनुसार उद्योगमा खरिद गरीएको सामान पुन मजदुर संगनको रोहवरमा खरिद गरिनु पर्ने भन्दै असार १७ गते उमाशंकर आनन्दको संयोजगत्वमा छानविन समिति समेत गठन गरीएको छ ।  बिज्ञप्ती अनुसार उद्योगमा आपुर्ती भएका सामानहरु आबस्यत्ता भन्दा बढी खरिद गरिएको , खरिद गरीएका सामान प्रयोगमा नल्यााइ स्टोरमा थन्क्याउने कार्य भई रहेको र खरिद भएका सामानहरु बजार भाउ भन्दा अन्याधिक महंगो खरिद भइ आएको देखिएकोले उद्योगलाइ दुहन गरी धरासाही बनाउने कार्यमा संलग्न ब्यत्तिहरुलाइ जहाँ जुन विभागमा रहेको भए पनि विभागीय कारवाही हुनु पर्ने माग गरीएको छ ।

यस्तै बिभिन्न १० बुदामा माग गरीएको माग पत्रमा भनिएको छ उद्योगको आर्थिक अबस्था जीर्ण रहेको र बजार भाउ भन्दा अन्याधिक महंगोमा सामान खरिद गरिएको सामानहरु प्रयोेगमा नल्याई भण्डारण मात्र गर्ने गरिएको र उद्योगलाइ दोहन गरी ब्यत्तिगत स्वार्थमा लागेको ठहर गर्दै सत्य तथ्य छानविन गरी दोषि उपर कारबाहीको माग गरेका छन ।

मजदुरले उठाएका बिभिन्न मागहरु मध्य उद्योगले ६ महिना अघि खरीद गरेको ४ करोड ९९ लाख २५ हजार ४ सय ४५ मुल्य बराबरको सामान प्रयोगमा नल्याइ थन्क्याएर राख्नुको कारण छानमिन हुनुपर्ने । उद्योगको टावरमा जडान गरीएको ग्यास एनालाइजर काम नगरी प्रदर्शन मात्र गरीएको र अनाबस्यक सामान गरीद गरी दोहन गर्ने कार्य भएको । उद्योगको भन्डारमा ४० थान मौज्दाजमा रहदा रहदै  १ हजार भारु पर्ने सामान उद्योगले ३९ हजारका दरले २० थान खरीद गरेको । आर्थिक प्रलोभनमा परी आबस्यत्ता भन्दा ज्यादा  बिभिन्न सामान खरीद गर्ने स्टोरमा राख्ने गरेको । उद्योग प्रसासनले  बिग्रियको सामान बनाउन आलटाल गरी राख्ने गरेको लगाएतको पाइएकोले त्यस्ता कार्यको छानविन गरी बाहिर ल्याउनु पर्ने माग गरीएको छ ।

यस्तै कर्मचारी संगठनको आन्दोलन पस्चात उद्योगले उमाकान्त झाको संयोजनमा ३ सदस्य छानविन समिति गठन गरेको उद्योगले जनाएको छ । छानविन समितिले हाल सम्म छानविन प्रतिबेदन नबुझाएको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर शाहाले बताउनुभयो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]