उदयपुरमा माघे सकरातीको रौनक फोटोफिचर देखी भिडियो सम्म ।

इश्वर बलम्पाकी
नेपाल मगर संघ त्रियुगा नगर कमिटि उदयपुरको आयोजनामा गत शनिबार माघे सकराती पर्ब धुमधामका साथ सम्पन्न भएको छ । मगर समुदायको प्रमुख पर्ब माघे सकराती तथा नयाँ बर्ष ५०१२ को अवसरमा त्रियुगा नगरपालिका ७ शहरेमा आयोजना गरीएको कार्यक्रममा हजारौ संख्यामा मगरहरु सहभागी रहेको थियो ।

नेपाल मगर संघ प्रदेश नं एकका अध्यक्ष तेज कुमार आले मगरको प्रमुख आथित्यमा भएको उत्त कार्यक्रममा प्रमुख अथिति तेजकुमार आले लगाएत प्रदेश नं १ का माननीय प्रदेश सभा सदस्य नाराण बुर्जा मगर त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरी , आदीबासी जनजाती महासंघ उदयपुरका अध्यक्ष केशब खपाङ्गी मगर लगाएतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियो ।

मगरहरुको महान् चाड माघेसंक्रान्ति भब्य रुपमा सफल पारौ , इतिहास , भाष , कला , संस्कार संस्कृति संरक्षण र सम्वद्र्धन गरौं भन्ने मुल नाराका साथ सम्पन्न उत्त कार्यक्रममा मगर तृत्य , सांस्कृतिक झाँकी , हुर्रा नृत्य प्रस्तुत गरीनुको साथै मौलिक खानाका परिकारहरुको समेत ब्यबस्था गरीएको आयोजक कमिटिका अध्यक्ष तथा नेपाल मगर संघ त्रियुगा नगर कमिटिका अध्यक्ष ज्ञानेन्द्र खपाङ्गी मगरले जानकारी दिनुभयो ।

मगर समुदायले माघे सकरातीलाइ नयाँ बर्षको रुपमा समेत मनाउने गर्दछन ।

( फोटो फिचर )

 

 

(भिडियो पनी हेर्नुस )