उदयपुरमा डेंगुको रागी ३२ पुग्यो ।

कटारी , भदौ ३
लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोग उदयपुरमा बढ्दो रुपमा देखापर्दै गएको छ । महिना दिनयता देखापर्दै आएको सो रोग जिल्लाको चार नगरपालिकाका स्थानीयहरुमा फेला परेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । अहिलेसम्म ३२ जनामा संक्रमण देखापरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले बताए ।

खकुरेलका अनुसार सबै भन्दा बढी कटारी नगरपालिकामा प्रभाबित पारेको छ । जसमा कटारीमा २६ जना, त्रियुगामा १ जना, चौदण्डीगढीमा १ जना र बेलाकाका ४ जना स्थानीयहरुमा डेंगु रोग फेला परेको हो । यस्तै कटारी नगरपालिकामा ठूलो मात्रामा डेंगु रोगको संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि स्थानीय सरोकारवालासँग छलफल गर्दै आएको कटारी अस्पतालका प्रमुख डा.पवन शाहले बताए । उनका अनुसार अहिले स्थानीयबासीहरुमा बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिदै आएको छ ।

अहिले डेंगु प्रभाबित अन्य नगरपालिकामा पनि डेंगु नियन्त्रणका लागि बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु भईरहेको छ । चिकित्सकका अनुसार लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने, शरीरमा दादुरा जस्ता फोका आउने, लिभर पुल्ने र पेटमा पानी जम्ने र गिजाबाट रगत आउने, शरीर दुख्ने लक्षण देखिने गर्दछ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]