उदयपुरमा जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ४ पुग्यो ।

हिरा राइ
उदयपुर , पुष ३
उदयपुरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । बिहिबार बिहान करिव ९बजेको समयमा उदयपुरगढी गाउँपालिका ३ जरुवा स्थित भित्रि सडक खण्डमा गाडी सडकबाट २०० मिटर तल खस्था ३ जनाको घटना स्थलमै र १ जनाको उपचारको लागी अस्पताल लादै गर्दा मृतयु भएको प्रहरीले जनाएको छ ।  


एस के ०१ पिबी ३०६८ भारतीय नम्बरको गाडी  तामलडाडाबाट कटारीतर्फ जाँदै गर्दा आफै अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाइ छ  । मृत्यु हुनेमा उदयपुरको उदयपुरगढि गाउँपालिका ३ घर भई हाल मोरङ पथरी बस्ने बर्ष ६१ को टिक नारायण श्रेष्ठ, बर्ष ४७ को ढक बहादुर मगर, बर्ष ४७ को मिन नारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ भने । घाइते मोरङको पथरी ४ बस्ने बर्ष ३५ को टिकाराम श्रेष्ठलाई उपचारको लागि कटारी अस्पतालमा पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको थियो ।


त्यसैगरी सोही दुर्घटनामा परेर गम्भिर घाईते भएका मोरङ पथरी ४ बस्ने बर्ष ५५ को लक्ष्मी प्रसाद राई र भारतको सिक्किम बस्ने बर्ष २८ को पवन राईलाई उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीर बहादुर बुढामगरले जानकारी दिनुभयो ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]