उदयपुरमा सुन्दर प्राकृतिक ताज महल भेटियो हेर्न जानेको भिड (भिडियो सहित)

इश्वर बलम्पाकी
गाइघाट , कात्तिक १२

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ र १६ मा पर्ने माटे खोलाको शिरमा ताज महल जस्तै देखीने प्राकृतिक ताजमहलको आकृति भएको पहाड फेला परेको छ ।

शाही खोलाको किनारमा अवस्थित पहाडको भित्तामा प्राकृतिक रुपले ताज महलको आकृतिमा रहेको माटोको ढिस्कोलाई अवलोकन गर्न हाल दैनीक हजारौ सर्बसाधारण आउने गरेको पाइएको छ ।

स्थानीय तथा राष्टिय संचारका माध्यममा पहाडको भित्तामा रहेको उक्त सुन्दर आकृतिको महल जस्तो आकारलाई प्रथमित्तका साथ स्थान दिइदा हाल दैनीक हाजारौको संख्यामा मान्छे आउने गरेको छ ।

हाल उत्त स्थानमा उदयपुरको साथै सिरहा, सप्तरी , खोटाङ्ग , भोजपुर सुनसरी मोरङ्ग गोरर्खा लगायतका जिल्लाबाट समेत सर्वसाधरण अवलोकनको लागी आउने गरेको छ ।

एकातिर खोलानाला, अर्का्तिर पहाडका भित्ता, त्यही भित्तामा विभिन्न कलात्मक सुसज्जित सुन्दर आकृतिहरु। झट्ट हेर्दा लाग्छ, ताज महलको आकृतिमा बनाइएका सुन्दर भवनहरु। प्रकृतिले प्रदान गरेका पहाडको भित्ताहरुमा माटोको ढिस्कोले आफै बनेका कलात्मक आकृतिहरु हेर्दा जोकोही रमाउने गरेका छन ।

हल दैनिक अवलोकनको लागी आउनेले पहाडको भित्तामा बनाइएको उक्त सुन्दर महलको आकारलाई सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट गरेपछि झन धेरै विभिन्न ठाउँबाट मानिसहरु हेर्न आउन थालेका छन । ( हेरौ भिडियो )