उदयपुरमा सामान्य प्रशासन मन्त्री र लोकसेवा आयोगका अध्यक्षको पुत्ला दहन ,४ गते नेपाल बन्द

उदयपुर , साउन ४
आरक्षण कोटा हटाएकोमा विरोध सुक्रबार उदयपुरमा पनी प्रदर्शन भएको छ । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय समिति उदयपुरको अगुवाईमा भएको आन्दोलनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र लोकसेवा आयोगका अध्यक्षको पुत्ला दहनसमेत गरेकोथियो ।  
आन्दोलनकारीले आदिबासी, जनजाती, अपांग, दलित लगायतको आरक्षण कोटा हटाएर स्वयम् सरकारले संविधान विरोधी काम गरेको भन्दै चर्को नाराबाजी सहित बजार परिक्रमा गरेको थियो  ।
पिपलचौकमा भएको कोणसभालाइ सम्बोधन गर्नुहुदै नेपाल आदिबाजी जनजाती महासंग उदयपुरका अध्यक्ष केशब खपाङ्गी मगरले लोकसेवाले आरक्षण सम्बन्धीको निर्णय फिर्ता नलिए सम्म आन्दोलन जारी रहने बताउनुभयो ।
प्रदर्शनको क्रममा मेनचौकमा नेपाल प्रहरी र प्रदर्शनकारीबीच पुत्ला खोसाखोस भएको थियो । प्रदर्शनकारीको बीचमा जलाईएको पुत्ला नियन्त्रण गर्न प्रहरीलाई कठिन भएको थियो । बलजप्mती प्रदर्शनकारीलाई हटाउदै प्रहरीले पुत्ला खोसेको थियो । पुत्ला खोसेपनि प्रदर्शनकारीले लोकसेवाको आरक्षण हटाउने निर्णय कागज जलाएका थिए ।
यस्तै आज साउन ४ गते शनीबार जनजाती महासंघले बिरोद स्वारुप १ नं. प्रदेश बन्दको आव्हान गरेको छ  ।