उदयपुरमा भब्यताका साथ उद्योग दिवस सम्पन्न , उद्यमीको उत्साहाजनक सहभागीता

गाइघाट , मंसिर ९
“उद्योग र पुर्बाधार ,समृद्धिको आधार ” भन्ने मुल नाराका साथ उदयपुरमा पांचौ उद्योग दिवस भब्यताका साथ सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यलय उदयपुरको आयोजनामा भएको कार्यक्रममा २ सय बढी उदयपुर भरीका बिभिन्न लघु, घरेलु, साना ,मझौला तथा ठुला उद्योगीहरुको सहभागीता रहेको थियो ।


सदरमुकाम गाइघाटको पिपलबोट बाट र्याली सहित बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको सभाहलमा औपचारीक कार्यक्रम गरी कार्यक्रम सम्पन्न भएको थियो । यस्तै कार्यक्रममा उद्यमीले उत्पादन गरेका बिभिन्न उत्पादनका बस्तु , खाद्य सामाग्री , ढाका कपडा , बन, पर्यटन, खनिज, हस्तकलाका सामाग्रीहरु समेत प्रदर्सनीमा राखीएको थियो ।


जिल्ला समन्वय समितिका प्रमुख खड्ग बहादुर परियारको प्रमुख अतिथ्यतामा भएको उत्त कार्यक्रममा उद्यमीले ब्यबसाय गर्दा खेप्नु परेको बिभिन्न समस्या तथा गुनासो सरोकारवाला लाइ राखेका थिय ।  बिशेष गरेर सहभागीले उद्योगको बिकाश ,बिस्तार र प्रबर्धनमा जोड दिदैं उद्यमीलाइ प्रोत्साहन हुनेखालको कार्यक्रम ल्याउन आग्रह गरेका थिय ।


यस्तै उद्यमीले स्थानीय सरकारको भुमिका  संगै तिनै तहका सरकारुले औद्योगिक नितिमा सुधार गर्नु पर्नेमा आवाज उठाएका थिय । सरकारले समृद्धिको कुरा गर्ने तर उद्यम उद्यमीको समस्यालाइ प्राथमित्तमा नराख्ने गरेको उद्यमीको गुनासो थियो । उद्यमीले आफ्नै ठाउँमा केही गर्छुभनी उद्यम गरेपनी सरकारी तहबाटै बिभिन्न बाधाबेबधान बेहोर्र्नु पर्दा उद्यमीले उद्यमनै छाड्नु परेको तितो यथार्थ समेत रहेको बताएकाछन ।

यस्तै कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले सरकारले स्थानिय कच्चा पदार्थमा आधारित कृषि , पशुपालन , बन , पर्यटन , खनिज , हस्तकलामा आधारीत लघु तथा घरेलु , साना , मझौला तथा ठुला उद्योगलाइ बिकास गर्न तथा प्रबर्दन गरी आयातलाइ प्रतिस्थापन गरी निर्यातमुखी उत्पादन गर्न प्रोत्साहन गर्नुपर्नेमा माग गर्नुभयो । कतिपय उद्यमीलाइ ऐन कानुनले छेकेको भन्दै राम्रो कामको लागी नितिगत सुधार हुन अहिले एकदमै आबस्यक रहेको बताउनुभयो ।


यस्तै कार्यक्रमका बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी धुर्ब बहादुर खड्काले उद्यमीले उठाएका कतीपय माग तथा गुनासाहरु जाएज भएको भन्दै ती कुराहरु नितिगत रुपमै सुधार हुन जरुरी रहेको बताउनुभयो । उहाँले उद्यम र उद्यमीको बिकासको लागी धेरै कार्यक्रमहरु आएपनी सहर केन्द्रित हुने र एउटै मान्छेले मात्र लाभ लिने गर्नाले बास्तविक उद्यमी सम्म तालिम तथा अनुदानका कुराहरु नपुग्ने गरेको भन्दै यस तर्फ आफ्नो ध्यानाकर्षन भएको बताउनुभयो ।


यस्तै प्रमुख अतिथि जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग बहादुर परियारले गाउँमा सडक पुगेर मात्र समृद्ध नेपाल र सुखि नेपालीको कल्पना गर्न नसकिने बताउनुभयो । उहाँले गाउँमा रोड पुग्यो गाडी आयो तर गाडीमा चढ्नेमानीस सबल भएन भने कुनै अर्थ नराख्ने बताउनुभयो । जसका लागी उहाँले उद्यम र उद्यमीलाइ प्रोत्साहनमुलक कार्यक्रम ल्याइ हरेक मानिसलाइ सबल बनाउन सकेमात्र सुखि नेपालीको कल्पना गर्न सकिने बताउनुभया्े ।


यस्तै प्रमुख परियारले अझैपनी स्थानीय सरकार प्रदेश सरकार र केन्द्रिय सरकारले उद्यम र उद्यमीका कुरा नितिगत रुपमा समेट्न नसकेको उद्यमीलाइ महसुस भए सल्लाहा सुझाप दिन आग्रह गर्नुभयो । जुन कुरा नितिगत रुपमे त्रुटी भएको पाइएमा त्यसको लागी सकेको सहयोग र पहल गर्न हरदम तयार रहेको बताउनुभयो ।


यस्तै घरेलु कार्यलय उदयपुरका प्रमुख पाक्रम खाँ ले आफु उद्यम उद्यमीको लागी सधै कसरी हुन्छ सहज तरीकाले सेवा प्रबाह गरी बास्तबिक उद्यम उद्यमि समक्ष सरकारको उद्यम मुखी सेवा छ भन्ने महसुस गराउन लागी परेकोे बताउदै आफुले गर्न सक्ने सहयोग गर्न तत्पर रहेको भन्दै केही गुनासो भएमा अप्ठेरो नमानी आफुलाइ राख्न समेत आग्रह गर्नुभयो ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]