उदयपुरमा पर पुरुष संग सम्बन्ध राखेको भन्दै श्रीमतीको गुप्ताङ्गमा घोँचो घुसारेर हत्या

उदयपुर, भदौ २७
उदयपुरमा एक पुरुषले श्रीमतीको गुप्ताङ्गमा घोँचो घुसारेर हत्या गरेका छन् । उदयपुरगढी गाउँपालिका ५ मौवासीका ४५ वर्षीय रमेश राईले श्रीमतीको हत्या गरेका हुन् । राईले ‘परपुरुषसँग सम्बन्ध राखेको’ भन्दै श्रीमती ३४ वर्षीया सुभन्द्रा बुढाथोकीको गुप्ताङ्गमा घोँचो घुसारेर हत्या गरेको प्रहरीले जनाएको छ । गुप्ताङ्गमा घोँचो घुसारे लगत्तै सुभन्द्राको मृत्यु भएको हो ।
श्रीमतीको हत्यापछि राईलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ । आफू काममा गएर आउँदा श्रीमतिले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोपमा वादविवाद हुँदा श्रीमतीको यौनाङ्गमा घोचा घुसारेको राईले बयानको क्रममा बताएको प्रहरीको भनाइ छ  ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]