उदयपुरको त्रिनपा १६ मा बिद्यालयबाट घर फर्कदै गर्दा बालिका बलात्कृत

उदयपुर , कात्तिक ७

उदयपुरको त्रियुगा नगरपालिका १६ जाल्पाचिलाउनेकी एक बालिकालाइ जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही वडाको सिम्लेका २२ वर्षीय रामकुमार राई रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
१४ बर्षिय बालिका विद्यालबाट घर फर्कने क्रममा कात्तिक ५ गते अन्दाजी ५ः३० बजेको समयमा जंगलमा राईले पछाडीबाट ज्याकेटले मुख छोपेर घाटीमा थिची जवरजस्तिकरणी गरेको प्रहरीको भनाइ छ  ।

पीडित बालिकाको घर विद्यालयबाट २ घन्टा लामो दुरीमा जंगलको बाटो हुदै जान आउनु पर्ने हुन्छ । बालिकाको बुधबार नै जिल्ला अस्पताल बोक्सेमा स्वास्थ्य परिक्षण गरी मुद्ध चालाइएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख वीर बहादुर बुढा मगरले जानकारी दिनुभयो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]