उदयपुरको कटारीमा डेंगुको संक्रमण भएको दुइ विरामी फेला

कटारी , साउन २८
दयपुरको कटारीमा डेंगुको संक्रमण भएको विरामी फेला परेको छ । कटारी नगरपालिका ३ निवासी नीलम खड्का र चित्र बहादुर दाहालमा डेंगुको संक्रमण पाइएको कटारी अस्पतालका डा. गौरब शाहले जानकारी दिनुभयो ।
कटारीमा डेंगु संक्रमण भेटिएसँगै कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्र्रेष्ठले कटारी अस्पतालले डेंगूको टेष्ट गर्न चाहिने किट तत्काल उपलब्ध गराई बिरामीको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिइएको छ ।
डेंगु संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यान समेत जान सक्छ । वान्ता हुने, शरीर कमजोर हुने, खानामा रुची नहुने जस्ता लक्षण देखिने पनि डा. शाहले बताउनुभयो ।