उत्कृष्ट नतिजा ल्याउने प्याराडाइज सहित आधा दर्जन बिद्यालय र बिद्यार्थी पुरस्कृत

गाइघाट , भदौ २३
४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा त्रियुगा नगरपालिका भित्रका छ वटा निजी तथा सामुदायिक बिद्यालयलाइ आइतबार सम्मान गरीएको छ । त्रियुगा नगरपालिका नगर शिक्षा समिति गाइघाट उदयपुर द्धरा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिका भित्रका बिद्यालयलाइ सम्मान गरीएको हो । सम्मानित हुने बिद्यालयहरुमा प्याराडाइज सेकेण्डरी स्कुल संगमटोल गाइघाट , क्रिमसन एकेडेमी बगाहा , रामजानकी मा.बि. मोतीगडा , ब्रिलियण्ट एकेडेमी चुहाडे , त्रियुगा नमुना मा.बि. गाइघाट र बालमन्दिर मा.बि. बोक्से रहेका छन ।

यस्तै दिवसको अवसरमा आयोजना गरीएको चित्रकला तथा कविता प्रतियोगितामा उत्कृष्ट हुन सफल चार चार जना बिद्यार्थीलाइ नगद सहित सम्मान गरीएको छ । चित्रकलामा प्रथम हुन सफल प्याराडाइज सेकेण्डरी स्कुल गाइघाटका शिशिर खड्का नगद २ हजार सहित सम्मानीत भएका छन । यस्तै दोस्रो निशान राइ स्ट्याण्डर भिजन स्कुल मोतिगडा , तेस्रो बादल राइ जनता मा.वि श्र्रीपुर र सान्वना प्रशान्त राइ प्यासिफिक स्कुल जोगीदह रहेका छन उनीहरुलाइ क्रमश १५ सय १ हजार र ५ नगद पुरस्कार सहित सम्मान गरीएको छ्  ।

यस्तै कबिता प्रतियोगीतामा दिनेश खड्का त्रियुगा नमुना माबि गाइघाट प्रथम , प्याराडाइज सेकेण्डरी स्कुल संगमटोल गाइघाटका कमल खड्का दोस्रो , समिता पुरी बालमन्दिर मावि बोक्से तेस्रो र मनिषा कार्की सगरमाथा स्कुल गाइघाट सान्वना भएका छन । उनीहरुलाइ पनी क्रमश २ हजार १५ सय १ हजार र ५ सय नगद प्रदान गरीएको जनाइएको छ ।

यस्तै २०७५ सालमा एसइइ तथा कक्षा ८ को जिल्ला स्तरीय परिक्षामा उत्कृष्ट जिपिए ल्याउने संस्थागत तथा सामुदायिक बिद्यालयका बिद्यार्थीलाइ पनी नगद तथा प्रमाण पत्र सहित सम्मान गरीएको छ । जस अन्तर्रगत एसइइ परिक्षामा ३ बर्ष सम्म उदयपुरमै उच्च जिपिए सहित उत्कृष्ट नतिजा ल्याउने प्याराडाइज इस्कुल संगमटोल गाइघाट सहित ७ बिद्यालयका बिद्यार्थी रहेका छन्  ।

पुरस्कृत तथा सम्मानित हुनेहरुमा प्याराडाइज सेकेण्डरी स्कुल गाइघाटका कर्ण बहादुर कार्की ३.९ जिपिए  , निशान्त   खड्का र जोशिका खड्का बालमन्दिर माबी बोेक्से , चुडाप्रसाद कोइराला र सुवेक्षा राउत ब्रिलियण्ट एकाडेमी चुहाडे यस्तै ४ जिपिए ल्याउने कविता कुमारी खत्री क्रिमसन एकाडेमी बगाहा , स्मृति थापा प्याराडाइज सेकेण्डरी स्कुल संगमटोल गाइघाट रहेका छन ।

यस्तै ३.७३ जिपिए ल्याउने पोशना राइ त्रियुगा मावि गाइघाट र रामजानकी मा.वि. मोतिगडाका कमल खत्री समेत पुरस्कृत भएका छन । बितरण गरीएको नगद पुरस्कारमा ३.९ जिपिए ल्याउनेलाइ ३ हजार , ४ जिपिए ल्याउनेलाइ २ हजार ३.७३ जिपिए ल्याउनेलाइ २ हजारका दरले नगद पुरस्कार प्रदान गरीएको त्रियुगा नगर शिक्षा समितिका शिक्षा अधिकृत जसबहादुर कार्कीले जानकारी दिनुभयो ।

पुरस्कार त्रियुगा नगरपालिकाका प्रमुख बलदेब चौधरी , जिल्ला समन्वय समिति उदयपुरका उपप्रमुख गंगा राइ ,प्रमुख जिल्ला अधिकारी धुब्र बहादुर खड्का , त्रियुगा नगपालिकाका उपप्रमुख देबी कुमारी चौधरी , त्रियुगा नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक तथा त्रियुगा नगरपालिका वडा न. १६ का वडा अध्यक्ष मान बहादुर राइ , त्रियुगा नगरपालिका वडा न. १३ का वडा अध्यक्ष पशुपती चौधरी , शिक्षा बिकास इकास समिति उदयपुरका प्रमुख केदार कुमार गीरी लगाएतले प्रदान गर्नुभएको थियो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]